बेनी नगरपालिका-१, का अर्जम एक पुरुष ४६ दिनदेखि सम्पर्कविहिन भएका छन् । गएको चैत्र २२ गते राती ९ बजेदेखि घरबाटै बेपत्ता भएका ५६ बर्षिय पृथु नेपालीको खोजीकार्य भएपनि भेटिएका छैनन्।

दिनभर घर आसपासमा देखिएपनि रातीबाट हराएपछि खोजीकार्य गरिएपनि अहिलेसम्म सम्पर्कमा नआएको छोरा झिल्के नेपालीले बताए ।

‘सबैतिर खोजी भयो,‘तत्कालै खोजी सुरु भएकाले धेरै टाढा गएजस्तो लागेको थिएन्, गाउँ आसपासका पटकपटक खोजी गरेपनि पत्ता लागेन’ उनले भने । लामो समय सम्पर्कविहिन भएपछि नेपालीका परिवारले खोजीकार्यका लागि अपिल गरेका छन् ।

मानसिक रोगी नेपालीको गाउँका साथै आफन्तईष्टमित्र सबैतिर खोजीकार्य गर्दा समेत पत्ता नलागेपछि प्रहरी चौकी रत्नेचौरमा निवदेन समेत दिएका थिए ।

विगतमा समेत आफन्तकोमा गएर फर्किने गरेकाले पनि यसपटक परिवारले केहीदिनमा फर्किने अनुमान परिवारको थियो । बेपत्ता नेपालीले घरबाट निस्कने क्रममा कालो पाइन्ट, कालो ढाकाटोपी लगाएको गहुगारो रहेको परिवारले जनाएको छ ।
परिवारका सदस्यले कसैले भेटे वा देखेमा मोबाइल नम्बर ९८०६५९५९२६ वा ९८२१३६७९३० मा फोन गरी सहयोग गर्न आग्रह गरेका छन्।

Leave a Reply