म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दिका सुचना अधिकारी गणेश सुवेदी अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ११९७ जना पुगेको छ । संक्रमित मध्य पिसिआरबाट ९३१ जना र एन्टिजेन विधिबाट २६६ जना पहिचान भएका हुन् ।

यसैगरी १२९ जना संक्रमित निको भएका छन् । जिल्लामा ३३९ जना सक्रिय संक्रमित रहेका छन् । म्याग्दीबाट स्वाब संकलन गरेर पठाइएका मध्य ७४८ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

Leave a Reply