श्वासप्रश्वासको समस्या भएपछि समयमै बेनी अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि धमाधम घर फर्किन थालेका छन् । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितले सास फेर्न समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका हुन्।

बिहिवार र शुक्रबार गरेर अस्पतालको कोभिड आकस्मिक र आइसोलेसन कक्षमा उपचाररत ४ पुरुष र ३ जना महिला गरी ७ जना कोरोना जितेर घर फर्किएका हुन । बिहिबार ३ जना र शुक्रबार ४ जना उपचार पछि घर फर्किएको बेनी अस्पतालले जनाएको छ । घर फर्किनेमा ३ देखि ११ दिन सम्म अस्पतालमा भर्ना भएर उपचार गरेका कोरोना संक्रमित छन् ।

संक्रमतिलाई सास फेर्न समस्या भएपनि सामान्य सम्झिएर घरमै बस्दा ज्यानै खतरामा पर्न थालेको खवरसँगै अस्पतालमा भर्ना हुने संक्रमतिको चाप समेत बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘शरीरमा अक्सिजनको मात्रा कम भएकाहरू समयमै अस्पतालमा आएका उपचारपछि खुसी हुदै फर्किएका छन्’ अध्यक्ष कटुवालले भन्नुभयो ।

घरमै अक्सिजन सिलिण्डर प्रयोग गर्ने र त्यसले समेत सुधार नभएपछि अस्पतालमा आउँदा हाइ फ्लो अक्सिजनका दिनुपर्ने अवस्थाका बिरामीलाई समेत चिकित्सक र स्वास्थ्यकर्मीको निरन्तर निगरानीले निको भएर फर्किएको अस्पतालले जनाएको छ ।

शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने भएपनि अस्पतालमा भर्ना हुन आउने बिरामीको अवस्था अक्सिजनको मात्रा ३० देखि ८५ सम्मका हुने गरेका छन् ।

शुक्रबार कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना भएका बुटबल स्थायी ठेगना भई हाल बेनी नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन गोतामेले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदा साढे आठहजार बराबरको स्वास्थ्य सामाग्री समेत सहयोग गरेर खुसी हुदै फर्किनुभएको थियो ।

११ दिन सम्म अस्पतालमा बसेर नयाँ जिवन पाएको भन्दै घर फर्किएकाले कोरोना संक्रमण भएपछि घरमै उपचार हुन्छ भनेर जोखिम नमोल्न समेत गोतामेले बिरामीलाई अपिल गर्नुुभयो ।

शुक्रबार साँझ सम्म आइसोलेसन कक्षमा २३ जना,कोभिड इमरजेन्सीमा ३, र प्री आइसोलेसनमा ५ जना गरी ३१ जना विरामी अस्पतालमा उपचाररत छन् ।

सबै सक्रमितलाई अक्सिजन दिएर उपचार गरिएको छ । संक्रमतिलाई अक्सिजन प्लानबाट सिधै बेडसम्मै जडान गरिएको अक्सिजनको पाइपसँगै थप अक्सिजनको अभाव नहोस भनेर अस्पतालले शुक्रबार नै पोखराबाट ४५ वटा अक्सिजनको सिलिण्डर तयारी अवस्थामा राखिएको छ ।

संक्रमतिलाई लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने अवस्था आएमा समयमै अस्पतालमा आउन र संक्रमतिले घरमा समेत दिनमा कम्तिमा दुईपटक अक्सिमिटरबाट अक्सिजनको मात्रा नाप्न समेत बेनी अस्पतालका चिकित्सकको अपिल छ ।

म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमतिमा अधिकांर शरीरमा अक्सिजनको अभाव भएकै कारण हुने गरेको छ ।

 

Leave a Reply