संसारको सातौँ अग्लो धौलागिरि हिमालको आरोहणमा निस्किएका आरोहीले गरेको फोहोरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पसका साथै पदैलमार्गका थुप्रिएको फोहोर नेपाली सेनाले सुरू गरेको ‘सफा हिमाल अभियान’ फोहोर संकलन गरिएको थियो ।

अभियान अन्तर्गत ५ हजार २० किलो फोहोर मध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो रिसाइकल गरी व्यवस्थापन गर्ने अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । हिमालबाट संकलन गरिएको फोहोर प्रभु हेलिकप्टरबाट धवलागिरी गापा–७ ताकममा ल्याएर गाउँपालिकालाई बुझाइएको स्थानीय यूवा गोपाल आचार्यले बताउनुभयो ।

फोहोर संकलन अभियानमै धौलागिरी बेसक्याम्पदेखि २ सय मिटर दक्षिणतर्फ माउन्टेन इक्युमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्यम्पतर्फ ९ एनएसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको थियो ।

सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टिको हिमालभित्र भेटिएका मृतकको पहिचान हुन नसकेको थिएन् । दुईवटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ ।
धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर धवलागिरी गाउँपालिका–७ ताकममा हस्तान्तरण गरिदैं । तस्वीर सौजन्य गोपाल आचार्य

Leave a Reply