म्याग्दीमा शनिबार एकैपटक १ सयभन्दा बढी संक्रमति थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर विधिबाट १ सय ४ जना र एन्टिजेन विधिबाट १५ जना गरी १ सय १९ जना संक्रमति थपिएका हुन् । पिसिआर विधिबाट ५२ जना महिला र ५२ जना पुरुष थपिएको यसअगाडी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

शनिबार थपिएका संक्रमतिमासबैभन्दा धेरै रघुगंगा गाउँपालिमा ५६ जना रहेका छन् भने बेनी नगरपालिका ३८ जना, मंगला गाँउपालिकामा ३ जना, मालिका गाँउपालिकामा ११ जना, अन्नपूर्ण गाँउपालिकामा ३ जना,धवलागिरी गाउँपालिकाका ३ जना र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका ५ जना रहेका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामा दैनिक धेरै कोरोना संक्रमति भेटिने जिल्लाहरुमध्ये टप ३ मा पर्ने गरेको छ । यसैबीच शनिबार ६९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो। जिल्लामा ३८४ जना सक्रिय संक्रमित छन् ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या १३१६ जना पुगेको छ( पिसिआरबाट १०३५ जना र एन्टिजेनबाट २८१ रहेको जनाइएको छ । अझै बागलुङ र पोखरामा ६ सय ६ नमुनाको रिर्पोट आउन बाँकी छ।

Leave a Reply