कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बन्द  बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयको कक्षा ८ को बार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ।

बढ्दो संक्रमण दर रोक्न जिल्लामा जारी निषेधाज्ञाका कारण आगामी जेठ १६ गतेदेखि २४ गतेसम्म अनलाइन र अफलाइनको माध्यमबाट सञ्चालन हुने गरी नगरपालिका शिक्षा शाखाले तालिका सार्वजनिक गरेको हो ।

नगरपालिका शिक्षा अधिकृत अर्जुन पौडेलले भौतिक रुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले विद्यालयले अनलाइनका विभिन्न माध्यम तथा विद्यार्थीको पहुँचमा प्रश्नपत्र पु¥याई घरबाटै परीक्षा दिने ब्यवस्था मिलाइएको बताउनुभयो ।

‘सबै विद्यालयमा परीक्षा तालिका पुगेको छ,‘विद्यार्थीलाई जुन विधि सजिलो हुन्छ, त्यसलाई नै प्रयोग गर्न विद्यालयलाई अनुरोध गरिएको छ’ अधिकृत पौडेलले भन्नुभयो उहाँका अनुसार कक्षा ८ को तालिमा नगरपालिकाले जारी गरेपनि विद्यालयले कक्षा १ देखि ९ सम्म आफ्नो अनुकुल अनुसार परीक्षा सञ्चालन गर्न सक्ने छ ।

विद्यार्थी विविध कारणले पूर्ण निर्धारीत परीक्षा तालिका अनुसार सहभागी हुन नसकेमा कक्षा ८ का विद्यार्थीलाई २५देखि २७ गते परीक्षा सञ्चालन गर्न सकिने सुविधा समेत दिइएको छ । यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा ७० प्रतिशत विद्यालयको मूल्यांकन गर्ने छ भने विद्यार्थीलाई ३० अंकको परीक्षा सञ्चालन गरिने छ ।

नगरपालिकाले कक्षा ८ बाहेकको परीक्षाको नतिजा जेठ महिनाभित्र प्रकाशित गर्नुपर्ने जनाएको छ । म्याग्दीका ६ वटा स्थानीय तहमा कक्षा ८ को परीक्षाा तालिका सार्वजनिक गर्नेमा बेनी नगरपालिका पहिलो भएको छ । बेनी नगरमा निजी तथा सामुदायिक गरी ३२ विद्यालय छन् ।

Leave a Reply