म्याग्दी जेसीजले यसबर्ष २३ औं स्थापना दिवसको अवसरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउने सहित सेयर बजार शिक्षा सहितका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण विगतमा जस्तो खुल्ला कार्यक्रमहरुलाई स्थगित गरेको जेसिजले अनलाइन र भौतिक दुरी कायम गरी कार्यक्रमहरु सञ्चालन गर्ने महासचिव दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

सप्ताहमा प्रस्तुत गरिएका साताब्यापी कार्यक्रममा अधिकांस कोरोना लक्षित छन् भने पछिल्लो समय सेयर बजारप्रति आर्कषण ह्वात्तै बढेकाले सेयर बजारका बारेका समेत यूवापूस्तालाई जानकारी गराउने प्रशिक्षण कार्यक्रम राखिएको छ ।

म्याग्दी जेसीजका अध्यक्ष बिरेन्द्र श्रेष्ठले कोरोनाको महामारीबाट जोगिने गरी विभिन्न कार्यक्रमहरुमा संस्थागत र ब्यक्तिगत रुपमा सहभागी भएपनि यसपटकको सप्ताहलाई सन्देशमुल र कोरोना रोकथाममै केन्द्रित गरेको बताउनुभयो । यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय रहेको जेसीज सप्ताह जेठ ११ गतेदेखि १७ गतेसम्म जेसीज सप्ताह गर्ने जनाइएको छ ।

Leave a Reply