म्याग्दीमा आज थप १७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।आज पुष्टि भएकामा बेनि नगरपालिकामा ७६ जना , मंगला गाँउपालिकामा ६जना , रघुगंगा गाँउपालिकामा ३१ जना, अन्नपूर्ण गाँउपालिकामा १जना, मालिका गाँउपालिकामा २७जना र जलजला गाउँपालिकाका ४ जना गरी १४५ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका ३जना, अन्नपूर्ण गाउँपालिकाका ६जना, मालिका गाउँपालिकाका १ ७ जना, र जलजला गाउँपालिकाका १ जना गरी २७ जना(एन्टीजेन विधिबाट) गरी जम्मा १७२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १४८८ जना पुगेको छ( पिसिआरबाट ११८० जना र एन्टिजेनबाट ३०८)। आज ५३जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ जिल्लामा ४९६ जना सक्रिय संक्रमित हुनुहुन्छ।अहिले सम्ममा अब ३१४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

 

Leave a Reply