नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा पुगेपछि यसको रोकथाम र न्युनीकरण गर्न स्वास्थ्यका सामग्रीहरु वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीमा स्थापना भएको झरना युवा क्लबको पहलमा स्वास्थ्य सामग्री बाँडिएको हो ।

क्लबको संयोजनमा स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति एवं संघसंस्थामार्फत आर्थिक सहयोग सङ्कलन तथा जिन्सी सामान संयोजन र खरिद गरी समुदायस्तरमा वितरण गरिएको जनाइएको छ ।

उक्त सामग्रीहरु आइतबार एक कार्यक्रमकाबीच क्लबका पदाधिकारी तथा सरोकारवालाहरु समुदायका सबै घरधुरीमा पुगेर वितरण गरिएको क्लबका सचिव भरत काकीले जानकारी दिएका छन् ।

चिप्लेटी, धारापानी र छायापानीका ८० घरधुरीमा प्रतिव्यक्ति ३ पिसका दरले माक्स, प्रति घरधुरी १ पिसका दरले हात धुने साबुन र स्यानीटाइजर वितरण गरिएको छ ।

गंगा जिसी फाउण्डेशनले ३ सय पिस माक्स र ५५ पिस साबुन, पुलाचौरका युवा प्रकाश पौडेलले ५ सय पिस माक्स, बगुवाखोलाका अर्जुन घिमिरेले १ सय पिस माक्स र चिप्लेटी निवासी हाल पोर्चुगलबाट दलबहादुर कुँबरले २ वटा मिनी पोर्टबल अक्सिजन सहयोग गरेका छन् ।

यसैगरी शरिरमा अक्सिजन मापनका लागि काउले, पयँपाट र चिप्लेटीमा एकएक वटा फिङ्गर पल्स अक्सिमिटर पनि उपलब्ध गराइएको छ । यसैगरी क्लबमार्फत ३ वटा पल्स अक्सिमिटर एक प्याकेट पन्जा र ५ लिटर स्यानीटाइजर खरिद गरिएको थियो ।

उक्त सामग्रीहरु क्लब अध्यक्ष किरण कार्कीको अध्यक्षतामा बसेको वैठकमा निर्णय गरी क्लबका उपाध्यक्ष रमेश खत्री, सचिव भरत कार्की, सल्लाहकार गणेशबहादुर कार्की, अभियान संयोजक मोहन खत्री, चिप्लेटी टोल विकास समितिका अध्यक्ष भोजबहादुर कार्की, कोषाध्यक्ष शेरबहादुर बानियाँ र भद्रबहादुर बानियाँमार्फत टोल टोलमा वितरण गरिएको थियो ।

झरना युवा क्लबले सुरु गरेको आपत्कालीन अक्षयकोष स्थापनामा क्लबका कोषाध्यक्ष ममता पौडेल खत्रीले आफ्नो जन्मदिनमा नगद १२ हजार दुईसय ५५ रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । त्यस्तै चिप्लेटी निवासी हाल मलेसियामा कार्यरत सुजन कार्कीले आफ्नो स्वर्गीय आमा हरिकला कार्कीको स्मृतिमा १० हजार एकसय ५५ र चिप्लेटी निवासी हाल ईटालीमा रहेका मनोज बानियाँ (बबि)ले १० हजार रुपैयाँ सहयोग गरेको क्लब सचिव कार्कीले बताए ।

यसैबीच चिप्लेटी निवासी हाल अस्टेलियामा कार्यरत दिनेश खत्रीको पहलमा चिप्लेटी गाउँका लागि एक थान अक्सिजन कन्सनटे«टर मेसिन आउने भएको छ । उक्त मेसिन श्वासप्रश्वाससम्बन्धी समस्या भएर अक्सिजनको अति आवश्यक पर्ने बिरामीलाई उपचारका लागि सहज हुनेछ ।

Leave a Reply