---Advertisement---

कोरोनाको कहर : म्याग्दीको बरंजामा धान रोप्ने चटारो (फोटो फिचर)

On: May 24, 2021 1:05 PM
Follow Us:

म्याग्दी जिल्ला कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको छ। दैनिक सार्वजनिक हुने कोरोना संक्रमतिको संख्यामा गण्डकी प्रदेशमै म्याग्दी अगाडी छ। तीब्र रुपमा फैलिएको कोरोना संक्रमण सहरबजासँग ग्रामिण क्षेत्रमा समेत बढ्दो छ । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्बाएको छ ।

निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्रमा समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ । असार महिनामा जस्तै किसानलाई व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् ।

रोपाराले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ । जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाई गरिरहेका छन् ।

कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनिरहेको छ । आकाशे पानीको भर पर्नु नपर्ने यस क्षेत्रमा चैते धान समेत हुन्छ भने जिल्लाका अन्य ठाउँमा भन्दा अगाडी नै खेतमा धमाधम रोपाइँ हुने गरेको छ ।

हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ । जिल्लाभर यो बर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ ।

यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा (लकडाउन) मा निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् ।

कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् ।