म्याग्दीमा सोमबार थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बेनी नगरपालिकामा२८ जना, मालिका गाउँपालिकामा १ जना गरी २९ जनाको स्बाब संकलन गरी पठाइएकोमा पिसिआर बिधिबाट पुष्टी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एन्टिजेन विधिबाट धवलागिरी गापामा ११ जना, मालिका गापा ९,अन्नपूर्ण गापा ५, मंगला गापामा २ जना, रघुगंगा गापा ४ जना, बेनपामा १ जना र छिमेकी पर्वतको जलजला गाउँपालिकामा ४ जना गरी३६ जना रहेका छन्।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १५५३ जना पुगेको छ( पिसिआरबाट १२०९ जना र एन्टिजेनबाट ३४४) छन् । सोमबार कोरोनामुक्त हुनेको संख्या समेत उत्साजनक रहेको छ।

जिल्ला भित्रका ३५ जना संक्रमित निको भएर आइसोलेसनमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ५ सय २० जना सक्रिय संक्रमित हुनुहुन्छ। अहिले सम्ममा अब ३ सय वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

Leave a Reply