म्याग्दीमा मंगलबार थप ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ४८ जनाले कोरोनालाई परास्त गरेका छन् । थपिएका संक्रमतिमा सबैभन्दा धेरै बेनी नगरपालिका भित्रका ३६ रहेका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पिसिआर विधिबाट छिमेकी जलजला गाउँपालिकाकाभित्रका ६ जना सहित ५६ जना रहेका छन् भने एन्टीजेन विधिबाट ६ जना संक्रमति थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिनुभयो।

थपिएका सक्रमतिमा बेनी नगरपालिका सहित अन्नपुर्ण गाँउपालिकामा १२, मंगला गाँउपालिकामा २, रघुगंगा गाँउपालिकामा ४ जना र जलजला गाउँपालिकाका ७ जना रहेका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १६१५जना पुगेको (पिसिआरबाट १२६५ जना र एन्टिजेनबाट ३५०) रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै होम आइसोलेसनमा बसेका ४८ जना संक्रमित निको भएर आइसोलेसनमुक्त भएका छन् ।

जिल्लामा ५३२ जना सक्रिय संक्रमित छन भने अझै २२५ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको जनाइएको छ। सदरमुकाम बेनीबजारको तुलनामा जिल्लाको ग्रामिण क्षेत्रमा संक्रमतिको संख्या ह्वात्तै बढेको छ।

Leave a Reply