म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घार स्वास्थ्य चौकीलाई मातृभुमि सेवा समाजले १ लाख बराबरको स्वास्थ्य साम्रागी प्रदान गरेको छ ।

वडाभित्र कोरोना रोकथाम तथा नियन्त्रणको अभियानलाई प्रभावकारी बनाउन प्रवासमा रहेका घारा बासीको सक्रियतामा स्थापना भएको संस्थामार्फत ७५० थान मास्क, ५ लिटर सेनिटाइजर, अक्सिमिटर १० थान, मेडिकल पञ्जा २ सय थान, ज्वरो नाप्ने थर्ममिटर ५ गोटा र पिपिई १० सेट पीपीई प्रदान गरेको मातृभुमि सेवा समाजका सचिव ठकराज बरुवालले बताउनुभयो ।

सहयोग हस्तान्तरणमा समाजका उपाध्यक्ष सुबोध बरूवाल, रामकृष्ण खड्का लगायतले वडा अध्यक्ष कृष्णप्रसाद बरुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।

कुल १ लाखमध्ये हाल २९ हजार बराबरको साम्रागी सहयोग गरिएको छ भने बाँकीले अक्सिनज सिलिण्डर, कोरोना संक्रमितको मृत्यु भएमा अन्त्येष्टीका लागि आवश्यक पर्ने साम्रागी खरिदको प्रक्रियामा रहेको समाजकमा सदस्य राजाराम बरुवालले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीलाई कोरोना भाइरस (कोभिड–१९) मा आवश्यक स्वास्थ्य साम्रागी उपलब्ध भएपछि सहज भएको वडा अध्यक्ष बरुवालको भनाई छ । संस्थाले आगामी दिनमा समेत आवश्यकता परेमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

हाल अष्ट्रेलियाको सिड्नीमा रहनुभएका संस्थाका अध्यक्ष बद्री बरुवालले जन्मभूमि दुख्दा टुलु टुलु हेरेर बस्न नसकिएको बताउनुभयो । ‘यो सहयोग धेरै होईन्, केही भएपनि अभियानमा राहत मिल्ने अपेक्षा गरेको छु’ अध्यक्ष बरुवालले भन्नुभयो ।

अभियानमा समाजका प्रमुख सल्लाहकार ददिवल खड्का, प्रशान्तमोहन रेग्मी र कृष्ण खड्का लगायतले अयिभानमा सक्रियता देखाउनुभएको थियो । मातृभूमि सेवा समाजले पहिला देखि नै समय समयमा नेपाल नेपाललीका लागि साथ र सहयोग गर्दै आइरहेको छ । यसअगाडी समेत उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई समेत सहयोग गरेको छ ।

 

Leave a Reply