म्याग्दीमा बुधबार १ सय ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमतिमा सबैभन्दा धेरै बेनी नगरपालिका पिसिआरका ९४ र एन्टिजेनका ५ जना रहेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा कुल १ सय २१ जना र एन्टिजेनबाट ३२ जना रहेका छन् ।

संक्रमतिमा म्याग्दी भित्रका साथै छिमेकी जिल्ला जलजला गाउँपालिकाका समेत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिनुभयो । संक्रमतिमा बेनी नगरपालिका ९९, रघुगंगा गाउँपालिका ३४, अन्नपूर्ण ७, मंगला ४ जना, धवलागिरी ३, मालिका २ जना रहेका छन् भने छिमेकी जलजला गाउँपालिकाको ८ जना रहेको जनाइएको छ । रघुगंगामा पिसिआर विधिबाट ७ जना थपिदाँ एन्टिजेनबाट २७ थपिएका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १७७२जना पुगेको छ(पिसिआरबाट १३८६जना र एन्टिजेनबाट ३८६)। जिल्लामा ५५० जना सक्रिय संक्रमित हुनुहुन्छ।अब १६४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ। कोरोनाको लक्षण देखिएपछि स्बाब संकलन गरी पोखरा र बागलुङ पठाउने गरिएपनि लामो समयसम्म नतिजा नआउँदा लक्षण देखिएकाहरु समेत चिन्तित हुने गरेका छन् ।

Leave a Reply