म्याग्दी जेसीजले बिहिबार कोभिड–१९ र म्याग्दी” विषयमा म्याग्दी जिल्लाको कोभिड–१९ को व्यवस्थापन, उपचार लगायतको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । २३ औं स्थापना दिवसको अवसरमा कोरोना केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको जेसीजले सप्ताहको तेस्रो दिन बिहिबार विहान ११ बजे जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने मुल संयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

म्याग्दीमा कोरोनाको दोस्रो लहर गाउँसम्म भुसको आगो जस्तै सल्किएपछि रोकथाम र नियन्त्रणमा भइरहेका प्रयास र सरोकारवाला निकायको थप सहयोगका बारेमा समेत छलफल हुने बताइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) का संयोजक एवम् प्रजिअ गणेशबहादुर अधिकारी, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेल र स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई प्रमुख बक्ता बनाइएको छ ।

दुर्गम गाउँसम्म तिब्र गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक जेठ १७ गतेसम्मलाई लम्बाइएपनि म्याग्दीमा सक्रमणको दर घटेको छैन् ।

कोरोनाको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) थपिएपनि कोरोनाका संक्रमतिको संख्या उकालो लागिरहेको अवस्थामा म्याग्दी जेसीजले समेत विभिन्न माध्यमबाट कोरोना रोकथाम अभियानमा जोडिएको अध्यक्ष विरेन्द्र श्रेष्ठले बतायनुभयो ।

यसबर्षको जेसीज सप्ताहमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउने सहित सेयर बजार शिक्षा सहितका कार्यक्रमहरु सार्वजनिक गरेको छ । यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय रहेको जेसीज सप्ताह जेठ ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ ।

 

Leave a Reply