सबिन गौतम/ गीत संगीत भनेपछी सानै उमेर देखि नै मरिहत्ते गर्ने थानेश्वर गौतम अहिले नेपाली गीत संगीतको शिखरमा छ्न  ।नेपालको हरेक कुना-कुना देखि संसारभर उनको आवाज र संगीतको निकै चर्चा छ । उनका धेरै गीत संगीतमा र शव्दमा पनि र उनकै स्वरमा सजियका गीतहरु सामाजिक संजालका हरेक युटुबहरु र बिशेषगरि जननि नेपालमा देख्न र सुन्न सकिन्छ । ।

पछिल्लो समयमा गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीतमा नयाँ शैलीमा गजल बोत्तल -बोत्तल , सार्वजनिक भयको छ भने शब्द विशम गौतम को रहेको छ ।हाल अष्ट्रेलिया रहेका बिशम गौतम गीतको चर्चा संगै निकै हौसिएका देखिन्छ्न। मायालु ईन्टरटेनमेन्ट अष्ट्रेलियाको प्रस्तुति रहेको गजल बजारमा आएको केही दिनमै निकै चर्चाको उकालोमा देखिन्छ भने उक्त गीतको एरेन्ज राजन इशानको रहेको छ ।

त्यसैगरि भिडियोमा चक्र बम , शृस्टि खड्का र सन्ध्या आचार्य को अभिनय देख्न सकिन्छ । राम कुमार केशीले छायांकन गरेको उक्त भिडियो लाई राजिब समर ले निर्देशन गरेका छ्न भने ,बोत्तल बोत्तलको टेकेन्द्र शाहले सम्पादन गरेका छ्न । उक्त गीत अहिले टिकटकमा समेत निकै चर्चा देखिएको छ।

छुट्नलाई सहित जताततै फुर्के धागोको चर्चा नेपाली संगीत क्षेत्रका अहिलेका चर्चित र प्रतिभाशाली गायक /संगीतकार थानेश्वर गौतम सांगीतिक क्षेत्रमा फरक आवाज र संगीत अनि फरक शैलीबाट चिनिन्छन ।उनले गायका हरेक गीत सम्पूर्ण नेपालीको मन मुटुमा बसेका छ्न ।

गजल ,सालैजो ,रोइला ,पन्चेबाजा ,चलचित्र ,भजन लगाएत राष्ट्रिय गीतमा समेत आफ्नो सयौं गीतमा आवाज र संगीत दिएर अनि एकसे एक हिट गीत दिन सफल गायकको पछिल्लो समयमा चर्चित छुटन लाई रैछ क्यारे ,सानू तिम्रो मेरो यतिधेरै माया बसेको। उक्त गीत सम्पूर्ण नेपालीको मन मुटुमा बस्न यति सफल छकि युटुबमा बत्तिस लाख भन्दा बढीले हेरिसकेका छ्न भने लाखौंले टिकटक समेत बनाएका छ्न भने अत्यन्तै उत्कृष्ट प्रतिक्रिया आएको देखिन्छ ।

शास्त्रीय आलाप बाट शुरु गरिएको नेपाली संगीतमै फरक उक्त गीत अहिले लगातार चर्चामा छ भने यो भन्दा अगाडी उनको खान्न भाउजू मश्यौरा भन्ने गीत निकै चर्चित थियो भने दुई बर्ष अगाडी निकालेको फुर्के धागो बोलको तीजमा गजल अहिले आएर एक्कासि सांगीतिक बजारमा धामाका मच्चाउन सफल छ उक्त गीतमा थानेश्वर गौतम र जुनु रिजालको आवाज छ भने प्रभा बर्तौलाको शब्द रहेको छ ।

अहिले जतासुकै फुर्के धागोको मात्र चर्चा देखिएको छ सातलाख भन्दा बढी टिकटक बनाईएको छ भने युटुबमा पनि अत्यन्तै भिउ बीसलाख भन्दा बढी छ ।नयाँ पुस्ता देखि बृद्धअबश्थाका समेतले यो गीतमा टिकटक बनाएर नाचेको देखिन्छ। संगीत विषयमानै स्नातकोत्तर गौतम सबैखाले गीत गाउन अदभूत खुबी भएका गायक मानिन्छ्न। गौतमका गाजल

लगाईनछ्यौ,स्याङ्जा गएं पाल्पा गएं,सालैजो मार्यो नि मायाले ,पैसामात्रै तिरी पाउने गजल ,छम छम्ती पाउजु बजाएर नाच रामप्यारी चलचित्र ,कालेमा काले सालैजो,पन्चेबाजामा सालैजो ,नाकमा फुलि ,बाटो बन्द भो सिंन्दुर लाउने हौली माया ,टिपिक्कै चोलीको तुना ,मस्त तिम्रो जवानी ,खान्न भाउजू मश्यौरा ,धानको चुली ,छ म संग सबै छ संगै अहिले छुटनलाई देखि फुर्के धागो सम्म निकै चर्चामा छ्न ।छुटनलाई को भाग 2 को लागि तयारी गरेका गौतमले भर्खरै मात्र देशका लागि भन्ने राष्ट्रिय भावको गीत ल्याएका छ्न तेसान्तको शब्दमा रहेको उक्त गीतमा आवाज र संगीत थानेश्वर गौतमकै रहेको छ। हेर्नुहोस् उक्त गीतको भिडियो : nepalchintan.com

Leave a Reply