बेनी । म्याग्दीमा विहिबार थप ७४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। संक्रमित हुनेमा बेनी नगरपालिकामा १३जना , मालिका गाउँपालिकामा ३जना , अन्नपुर्ण गाउँपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धवलागिरी गाउँपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना ९पिसिआर विधिबाट ० र बेनी नगरपालिकाका ७जना,रघुगंगा गाउँपालिकाका ११ जना , मंगला गाउँपालिकामा २ जना , जलजला गाउँपालिकाका १ जना गरी २१ जना९एन्टीजेन विधिबाट० गरी जम्मा ७४ जना रहेका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८४६ जना पुगेको छ । संक्रमित मध्य पिसिआरबाट १४३९ जना र एन्टिजेनबाट ४०७ जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमित संख्या  ५५३ जना रहेका छन् । आज ६९ जना संक्रमित निको भएका छन् । थप ८ वटा नमुना रिपोर्ट आउन बाँकी रहेको छ ।

Leave a Reply