सन्तोष सुबेदी\ बर्तमान समयमा अत्यन्तै चर्चाको बिषय रहेको छ अनलाइन कक्षा बिकशित राष्ट्रहरुले धेरै अघि देखि अबलम्बन गरेको यो प्रकारको शिक्षण सिकाइले कोरोना महामारि सङ्गै हाम्रो राष्ट्र मा चर्चा मा आयो गत बर्ष त्यति धेरै बिद्यालय बाट प्रयोग नगरे पनि बर्तमान समयमा हाम्रो म्याग्दी जिल्ला कै सदरमुकाम अनी आसपास का बिद्यालयहरुमा साथै केहि ग्रामिण क्षेत्रका बिद्यालय हरुले पनि यस पद्धति को शिक्षण सहजिकरण तर्फ आकर्शित हुदै गैरहेका छन ।

सूचना तथा सञ्चार प्रबिधि क्षेत्रमा छलाङ मारेको हाम्रो देश अनि बर्तमान परिबेश मा अनलाइन कक्षा सन्चालित हुदै गर्दा सम्पुर्ण बिद्यार्थी अनि अभिभावक खुशि हुनु सकारत्मक नै छ भने केहि अभिभावक र बिद्यार्थि तथा शैक्षिक सरोकारवाला निकाय अनि ब्यक्ति हरुले शिक्षामा नयाँ प्रकारको बिभेद भनेर टिप्पणी पनि गरि रहनुभएको छ ।

विषेश त बैकल्पिक शिक्षा पद्धति समस्यामा केन्द्रित रहेर । शिक्षक बिद्यार्थी आमने सामने रहेर शिक्षण सहजीकरण गर्न नसकिने यस परिस्थितिमा अबलम्बन गरिएको अनलाइन कक्षा सङ्ग सम्बन्धित बिभिन्न चुनौती रहेका छन् ।
जस्तै ः
पहुच – बैकल्पिक बिद्यालय शिक्षा  अनलाइन कक्षा पहुचको दृस्टिकोण ले चुनौतिपुर्ण छ । कमजोर आर्थिक अवस्था कामगरेर जिवननिर्बाह गर्नु पर्ने र कठिन परिस्थिति मा जिवन गुजार्नु पर्ने बालबालिका सम्म यस्ता शैक्षिक कार्यक्रमको सुचना पुर्याउनु र उनिहरुलाइ समेटेर शैक्षिक कार्यक्रममा समाबेश गर्नु अत्यन्तै चुनौतिपुर्ण रहेको छ।
भौगोलिक बिबिधता– नेपाल भुगोलमा बिबिधता रहेको देश हो र सोहो आधारमै सबै क्षेत्रमा इन्टरनेटको को सहज आपुर्ति छैन अधिकाश ग्रामिण भेगमा बालबालिका हरु घरायसी कामकाज मा ब्यस्तरहनु अनि इन्टरनेट साथै उपयुक्त साधनको अभाव पनि अर्को चुनौति को रुपमा रहेको छ ।
 गुणस्तर– बैकल्पिक शिक्षण सहजिकरण का रुपमा प्रयोगमा ब्यापकता आइरहेपनि हाम्रा शिक्षक शिक्षिका हरु आधुनिक प्रबिधिसङ्ग त्यति धेरै परिचित छैनौ पुस्तक र सधै जस्तो कक्षाकोठामा उपलब्ध रहिरहने सेतोपाटिलाइ शैक्षिक सामाग्रीका रुपमा प्रयोगगरिरहने हाम्रो परम्परागत मानसिकता ले यो प्रकारको सहजिकरण लाइ पटक्कै साथ दिदैन आधुनिक मल्टिमिडिया सहित कम्पुटरको प्रयोग बाट सामाग्री निर्माण गरि सन्चालन हुनुपर्ने यो पद्धति मा गुणस्तर अर्को चुनौति को रुपमा रहेको छ ।
पाठ्यक्रम र पाठ्यसामाग्री– शैक्षिक बिकास को जतिसुकै बयान र बहस गरेपनि हाम्रो देश को बर्तमान पाठ्यक्रम यो प्रकारको बिधि सङ्ग ब्यबहारिक रुपमा तालमेल नमिले झै लाग्दछ भने बिशयबस्तु सङ्ग मेल खाने सन्दर्भ सामाग्री या पाठ्यसामाग्री सहज उपलब्ध नहुनु अर्को चुनौती हो । शिक्षकका पेशागत क्षमता बृध्दिगर्ने तालिम हरुले कक्षाकोठा मा प्रबेस नपाउनु पनि एक हद सम्म यो चुनौती को कारण हो ।
उपयुक्त सिकाइ बतवरण को निर्माण – बैकल्पिक शैक्षिक कार्यक्रमका लागि आमने सामने शैक्षिक सहजिकरण का लागि जस्तै छुट्टै कक्षा कोठा आवश्यक सामाग्री नभएका कारण प्रभावकारि शैक्षिक सहजिकरणको उपयुक्त बातावरण छैन ।
सोच अनी चेतना स्तर– यो प्रकारको बैकल्पिक शैक्षिक कार्यक्रमका सहभागि हरु शिक्षक बिद्यार्थि अनि अभिवावक हरुको चेतनास्तर अनुभव र शैक्षिक अवस्था फरक फरक भएका कारण सबैलाइ एकै प्रकारको शिक्षण सिकाइ क्रीयाकलापले शिक्षण गर्न र अपेक्षित रुपमा सिकाइ उपलब्धि हासिल गराउन चुनौतिपुर्ण रहेको छ । त्यति मात्र होइन सहभागिहरु निस्चित समय र नियमित शिक्षण सिकाइमा सहभागि नहुने भएकाले शिक्षण सिकाइ बातावरण अपेक्षित रुपमा उपलब्ध हुन नसक्ने सम्भावना रही रहन्छ ।
लेखक प्रकाश माविका अंग्रेजी शिक्षक हुन् ।

Leave a Reply