कोरोना महामारीको दोस्रो लहरका कारण यसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । म्याग्दीको दुर्गम गाउँसम्म तिब्र गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ ।

गएको वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म जारी गरिएकोमा जिल्लामा कोरोना संक्रमतिको संख्या दैनिकजसो ह्वात्तै बढेपछि कोरोनाको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) थपिएपनि कोरोनाका संक्रमतिको संख्या उकालो लागिरहेको छ । पछिल्लो एक साता यताको तथ्याङ्क हेर्दा लिइएको स्याम्पलमा कतै ७० प्रतिशत पोजेटिभसम्म पोजेटिभ आएको छ ।

सामान्य अवस्थामा गाउँमा ४० प्रतिशत पोजेटिभ देखिनु भनेको गाउँभित्र पनि संक्रमण फैलिएको छ भन्ने पुष्टि हो । मानिसहरूको आवतजावत कम हुने गाउँहरूमा पनि ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था हो।
यस्तो अवस्थामा जिल्लाभरबाट संकलन गरी बागलुङ र पोखरामापठाइएको स्बाबको पिसिआर रिर्पोट समयमै नआउँदा संक्रमणको जोखिम घटेको छैन् ।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि स्थानीय तहले परीक्षणको दायरा फराकिलो बनाउँदा समेत १० दिनसम्म रिर्पोट नआउँदा लक्षण देखिएकाहरू समेत त्रसित छन् केहीले कोरोनालाई परास्त गरेपछि पनि ढिलो रिर्पोट आउँदा होम आइसोलेसनमा बस्न बाध्य छन् ।

स्बाबको रिर्पोट समेत प्रयोगशालामै रोकिदाँ रिपोर्ट नआउँदासम्म शंकास्पद व्यक्ति गाउँमा घुम्ने, अरुसँग घुलमिल हुने हुँदा संक्रमणको दर बढेको देखिन्छ ।

पीसीआर रिपोर्ट ढिलो आउँदा संक्रमणका बिरामीलाई निमोनिया बढेर श्वासप्रश्वासमा गाह्रो हुने अर्को समस्या देखिएको छ।

स्बाब दिएको लामो समयसम्म आफ्नो रिर्पोट नआएपछि सामाजिक सञ्जालमै गुनासो समेत गर्न थालिएको छ । स्थानीय तहले समुदायस्तरमा पिसिआरका लागि स्बाब संकलनलाई प्राथमिकता दिएकै कारण समेत रिर्पोट आउन ढिलाई भइहरेको देखिन्छ ।

हाल स्बाब संकलन गरी अञ्चल अस्पताल बागलुङ र प्रदेशको प्रयोगशालामा पठाउँदा अन्य जिल्लाको स्बाबकै कारण ढिलो रिर्पोट आउने गरेपनि करिब आधा घण्टामै रिर्पोट आउने एन्टिजेन परीक्षणमा खासै ध्यान गएको देखिदैन् ।

कोरोनाको लक्षण देखिएका अधिकांसलाई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिर्पोट आउने गरेको अवस्थामा पिसिआरमै ध्यान दिदाँ जिल्लामा जोखिम अझै घटेको छैन् । स्बाब दिएका धेरैजसो समुदायस्तरमै विभिन्न कार्यक्रममा देखिन्छन् ।

संक्रमण पुष्टी भएकाहरूले समेत बेवास्ता गरेकाले जिल्लाका सबै स्थानीय तहले एन्टिजेन परीक्षणलाई प्राथमिकता दिएपनि सम्बन्धित निकायको चासो समेत कम देखिएको छ। पिसिआरमा गरिने खर्चभन्दा एन्टिजेन सस्तो समेत हुन्छ भने संक्रमतिलाई समेत समयमै उपचारमा उक्त विधिले सघाउने गरेको अवस्थामा म्याग्दीमा निधेषधाज्ञामा जस्तै चासो परीक्षणको दायरा फराकिलो बनाउने तर्फ देखिएको छैन् ।

एन्टिजेन विधिको रिर्पोट समेत पिसिआर सरह हुने भएकाले तत्काललाई प्रत्येक स्थानीय तहलाई आवश्यक पर्ने किट उपलब्ध गराउन स्वास्थ्य कार्यालयले प्रतिबद्धता जनाइसकेकाले स्थानीय तहले अब कोरोनाको चेन ब्रेक गर्न कोभिड–१९ संक्रमण फैलिएको विभिन्न गाउँमा पुगेर उनीहरूले सम्भावित संक्रमितहरूको एन्टिजेन परीक्षणमा जोड दिनुपर्छ ।

कोरोना नियन्त्रणका लागि जोखिम मानिएका क्षेत्रमा स्क्रिनिङ र एन्टिजेन परीक्षणको दायरा बढाउनुपर्छ । एन्टिजेन गर्दा तत्काल रिपोर्ट आउने र संक्रमित पुष्टि भएमा उपचारका लागि पनि सहज हुने भएकाले अब परीक्षणको मोडालिटीमा परिवर्तन नगरिए निषेधाज्ञा (लकडाउन) ले मात्रै कोरोना नियन्त्रण सम्भव छैन् । अर्को तर्फ अझैपनि गाउँमा जनचेतनाको कमी छ । जनचेतना फैलाउनका लागि समुदायस्तरमै विषेश अभियान सञ्चालन गर्नुको विकल्प छैन् । बेनी साप्ताहिक समाचारपत्रबाट साभार 

Leave a Reply