म्याग्दीमा कोरोना संक्रमतिको संख्या घटेसँगै बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा समेत बिरामीको चाप विस्तारै घट्न थालेको छ। एकसाता अगाडीसम्म आकस्मिक कक्ष, ओपिडीमा प्रवेश गर्ने ढोका तथा आसपासमा क्षेत्रमा खचाखच भरिएका बिरामीको संख्या विस्तारै घट्न थालेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

१७ जना संक्रमति भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार ५ जनाको डिस्चार्ज भएको अनमी दिपा खड्काले जानकारी दिनुभयो । ‘हाइ फ्लो अक्सिजन दिइरहेको एक जनाको अवस्था चिन्ताजनक छ,‘बाँकी सबै संक्रमतिहरुको अवस्था समान्य छ’ अनमी खड्काले भन्नुभयो ।

केही दिन अगाडीसम्म हाइ फ्लो अक्सिजन दिनुपर्ने बिरामीको संख्या ह्वात्तै बढेको थियो । आइसोलेसन कक्षमा उपचारर्थ सबैजसो संक्रमति श्वासप्रस्वासमा समस्या भएका थिए ।

होम आइसोलेसनमा बसेको अवस्थामा एक्कासी शरीरमा अक्सिजनको मात्रा काम भएपछि अस्पतालमा भर्ना भएका बिरामीहरूमध्ये जटिल अवस्थामा रहेकालाई मात्रै पोखरा रिफर गरिएकोमा धेरै बिरामी अस्पतालबाटै उपचारपछि घर फर्किएका थिए । बिरामीको उपचारमा स्वास्थ्यकर्मीको खटाईबाट समेत बिरामीका कुरुवा समेत उत्साहित भएर अस्पताललाई समेत सहयोग गरी फर्किन थालेका छन् ।

दैनिक १ सयको हाराहारीम संक्रमति थपिदाँ अस्पतालमा अक्सिजन सहितको उपचारमा अभाव हुने जोखिम बढेपनि हाल बिरामीको उपचारका लागि आवश्यक पर्ने सबै तयारी अवस्थामा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो। अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरणहरू खरिदमा समेत स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले समेत सहयोग गरेपछि सहज भएको अस्पतालले जनाएको छ ।

Leave a Reply