बिहिबार रातीदेखि परेको परेको अविरल बर्षाले उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

लगातार वर्षासँगै करिब आधादर्जन स्थानमा बाढीपहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

सडकखण्ड अन्तरगत रघुगंगा गापा–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको छ । बाढीपहिरोको अवलोकन गर्न जानुभएका दाना प्रहरी चौकीका इन्चार्ज असई दिपक बहादुर क्षत्रीको माथिबाट पहिरो खस्दा खुट्टामा चोट समेत लागेको छ ।

बाढीपहिरो अवरुद्ध भएको सडक शनिबार पन्छाउने बताइएको छ । बिहिबार बर्षासँगै कालिगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण बगाएको छ। प

श्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव रयास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म बाढी पहिरो र उच्च वर्षाको हुने न भएकाले सतर्कता अपनाउन अपिल समेत गरिएको थियो।

उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डको ७६ किमीमा हाल स्तरोन्नति भइरहेको छ। यसैबीच जिल्लाभर दुईदिन देखि लगातारको बर्षाले जनजिवन अस्तब्यस्त भएको छ । पानीको सतह बढेसँगै तटिय क्षेत्रमा निर्माणधिन संरचनामा समेत क्षती पुगेको छ ।

Leave a Reply