नव गायक सन्तोष परियारको मायाँ र प्रेम कथामा आधारित ‘नरिसाउ है सानी’ बोलको गित सार्वजनिक भएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकमस्थित धार्मिक तथा पर्यटकीयस्थल सहित विभिन्न स्थानमा छायांकन गरिएको म्यूजिक भिडियो किरण फोटाग्राफीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

नवगायक सन्तोष परियार, तिर्सना तामाङ मगरको स्बर रहेको गतिको लयशब्द अमित विश्वकर्मा, यरेन्ज तारानाथ आचार्य, निर्देशन राजकुमार परियार, सहनिर्देशन प्रविण छिनाल, उक्त म्यूजिक भिडियोका सम्पादन तथा छायाङ्कन किरण कार्की, अभिनय सानु, मायाँ मगर र प्रविण छिनाल रहेको छ ।

म्यूजिक भिडियोमा ग्रामिण क्षेत्रको दैनिकलाई समेत समेट्ने प्रयास गरिएको छ । गायक परियारले आफ्नो पहिलो प्रस्तुतीलाई दर्शक, स्रोताहरुले मन पराउनेमा म विश्वस्त रहेको बतायनुभयो । सबै उमेरका दर्शकलाई लक्षित गरी भिडियो सार्वजनिक बनाएको समेत परियारको भनाई छ ।

Leave a Reply