शनिबार म्याग्दीमा कोरोना महामारीको दोस्रो लहर यताकै सबैभन्दा धेरैले कोरोनालाई परास्त गरेका छन् । शुक्रबारदेखि संक्रमतिको संख्या ह्वात्तै घटेसँगै आइसोलेसरनमुक्त हुनेको संख्या करिब २ सय नजिक पुगेको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले दिएको जानकारी अनुसार शनिबार १८८ जनाले कोरोनालाई जितेर होम आइसोलेसन मुक्त भएका छन् ।

‘अब संक्रमतिको संख्या थपिने भन्दा निको हुनेको संख्याले जित्छ,‘लक्षण देखिएका संक्रमतिको उपचारलाई समेत निरन्तरता दिइरहेका छौ’सुबेदीले भन्नुभयो ।

केहीदिन अगाडीसम्म कोरोना संक्रमतिको संख्या १ सय माथि हुने म्याग्दीमा संक्रमतिभन्दा ठूलो संख्यामा निको हुने र अस्पतलामा समेत कम जोखिमका बिरामी भर्ना हुन थालेका छन् ।

शनिबार बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षबाट १ बिरामी निको भएर डिस्चार्ज भएका छन् भने भर्ना हुने बिरामीको चाप समेत घट्न थालेको छ । यता शनिबार थप २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

मंगला गाँउपालिकामा ९जना , बेनी नगरपालिकामा २ जना,रघुगंगा गाँउपालिकामा ९ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८ सय ८०जना पुगेकोछ (पिसिआरबाट १४सय ४५ जना र एन्टिजेनबाट ४सय ३५) रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ३३६ जना सक्रिय संक्रमित छन् । हाल ४६ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ। जिल्लाका कोरोनाको लक्षण देखिएका बिरामीको चाप घटेको छ ।

 

Leave a Reply