बेनी समाज काठमाण्डौले बेनी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने समाजले उपलब्ध गराएको कन्सन्ट्रेटर बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा स्वासप्रस्वासमा समस्या आएपछि पछिल्लो समय कोरोना संक्रमित विरामीको चाप बढ्न थालेपछि अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता रहेको अवस्थामा प्राप्त सहयोगले उपचारमा सहज हुने अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालमा काठमाण्डौमा रहेका म्याग्देली सहित विभिन्न नेपाली संघसंस्थाले समेत अक्सिजन कन्सन्ट्रेटर सहयोगको प्रतिबद्धता जनाएको समेत अध्यक्ष कटुवालको भनाई छ।

बेनी समाजले काठमाण्डौमा रहेका म्याग्देलीको उपचारमा सहज हुने गरी २ थान उतै ब्यवस्थापन गरेको अध्यक्ष याम श्रेष्ठले जानकारी दिनुभयो । अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो ।

अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ ।

Leave a Reply