म्याग्दीमा लकडाउन (निषेधाज्ञा) थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।

जारी लकडाउन सोमबार राति सकिँदैछ । जारी लकडाउन भन्दा केही खुकुलो बनाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । साताको आइतबार र बुधबार दुई दिन विहान १० बजेदेखी २ बजेसम्म बैंक ,वित्तिय संस्था तथा सहकारी खुल्नेछन् । यसैगरी तरकारी, खाद्यन्न, बिउबिजन, कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि १० बजेसम्म खुल्ला रहनेछन् ।जारी लकडाउनमा सदरमुकाम बेनी संगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

 

 

Leave a Reply