उमेरले सतक नजिक पुग्नुभएकी म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नामकी इनरुपी देवी पुनलाई कोरोना संक्रमण भएपछि  होम आइसोलेसनमा बस्नुभएको थियो ।

कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि एकसाता अगाडी पिप्लेमा रहेको गाउँपालिकाको कोरोना अस्पतालमा भर्ना हुनुभएकी ९६ बर्षिया पुनको अवस्था निकै गम्भीर थियो । शरीरमा अक्सिजनको मात्रा ६६ प्रतिशतसँगै थप जटिल समस्या देखियो ।

बृद्धा पुनको शरीरमा अक्सिजनको मात्रा घटिरहेको अवस्थामा डा.सन्तोष प्रसाद बोहराले तत्कालै हाइ फ्लो अक्सिजन दिदैं शरीरमा अक्सिजनको मात्रा घट्न सक्ने भएकाले निगरानी र निश्चित उपचारमा आवश्यक सबै तयारी गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो। चिन्ताजनक अवस्थामा अस्पतालमा भर्ना हुनभएकी पुनको स्वास्थ्यमा क्रमिक सुधार हुदै गयो ।

अस्पतालमा भर्ना भएको ७ दिनपछि अक्सिजनको लेबल ९० प्रतिशतबाट उकालो लागेसँगै कोरोना संक्रमणमुक्त भएपछि आइतबार खुसी हुदैं घर फर्किनुभयो । दग्नामको कान्छी गाउँकी पुनले गाउँपालिकाको अस्पतालमै निको भएपछि विदाई गरिएको छ ।

कोरोना संक्रमतिको अक्सिजनको मात्रा घटिरहेको तत्कालै संक्तमतिले जानकारी पाउन नसक्ने अवस्थामा निकै जटिल अवस्थापछि मात्रै अस्पताल पुग्न समस्याको एउटा उदाहरण भएको कोभिड–१९ अस्पतालका डा. सन्तोष प्रसाद बोहराले बताउनुभउो ।

‘शरीरम अक्सिजनको कमी भएर अस्पतालमा आउँदा ६६ प्रतिशत थियो,‘उहाँलाई सम्भव भएका सबै विधिबाट उपचार गरियो,‘अक्सिजनको लेबल ९० बाट उकालो लागेपछि दोस्रोपटक परीक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किनुभयो’ डा. बोहोराले भन्नुभयो ।

‘समयमै अस्पतालमा आउनुभयो,‘अक्सिजनको लेबल निकै जोखिम विन्दुमा थियो,‘हामीले सबै शक्तीको प्रयोग गरी उहाँलाई निको बनाउन सफल भयौं’ डा. बोहोराले भन्नुभयो ।

अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी बृद्धा आमाले कोरोना संक्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अबस्थामा फर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताउनुभयो। ‘आमाले पनि कोरोनालाई सजिलै परास्त गर्नुभयो,‘कोरोना भाइरसले आमालाई जित्न सकेन’ खिमबहादुरले भन्नुभयो ।

उमेरले डाँडा काट्न लागिसकेको अवस्थामा आमालाई कोरोना संक्रमण भएपछि निकै चिन्तित भएपनि डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर चेकजाँच र हेरचाह देखेर निकै उत्साहित भएको उहाँको भनाई छ।

कोरोना जितेर निको भएपछि बृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले फुल र रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक विज्ञहरुबाट सिफारिस भएका औषधीहरु उपलब्ध गराएर विदाई गर्नुभएको थियो ।

उक्त अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु ७ हजार नगद समेत सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

यसैबिच कोरोना संक्रमणको कारण पोखरा सम्म पुगेर उपचार गर्दा समेत निको नभएपछि रघुगंगाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराउनुभएका पिप्ले निवासी ५३ बर्षीय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्कनुभएको छ । उहाँको स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप चेकजाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको थियो ।

गण्डकीमा आईसीयु कक्षमा समेत राम्रो उपचार नभएपछि उहाँका आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालको आईशोलेसनमा राखेर उपचार गराउने गरि फर्काउनुभएको थियो । कोभिड अस्पतालमै उपचार गरि निको भएपछि शाही समेत आइतवार डिसचार्ज भएर घर फर्कनुभएको छ ।

‘ठुला अस्पतालमा समेत राम्रो उपचार पाइने देखिन, बरु यहिँकै अस्पतालमा उपचार गराउने निधो गरेर फर्किएको थिए, यहाँ आएपछि उपचार गर्दै जाँदा मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो, आज निको भएर घर फर्कदै छु, यहाँका डाक्टर र स्वास्थ्यकर्मीको यो गुन म कहिल्यै भुल्ने छैन्न्’– शाहीले भन्नुभयो ।

रघुगंगाको कोभिड अस्पतालमा विरामी र कुरुवाहरुलाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाईजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाईमा स्थानीय युवाहरुले स्वयमसेवक रुपमा परिचालन भएर सहयोगदाता मार्फत सहयोग जुटाएर विहानदेखि बेलुकिसम्म नै भर्ना भएका विरामी र उनिहरुका कुरुवाहरुलाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

यसैबिच कोरोना जितेर घर फर्कनुभएका शाहीले निःशुल्क खानाको व्यवस्थापनका लागि रु २१ ह्जार ५ सय ५ र अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि समेत रु २१ ह्जार ५ सय ५ नगद सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रघुगंगाको कोभिड अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरीसकिएको छ ।

वैशाख २१ गतेबाट रघुगंगाले कोभिड अस्पतालबाट सेवा सुचारु गरेको थियो । अस्पतालमा आएका अधिकाँश अक्सिजन लगाएर उपचार गराउनुपर्ने विरामीहरु निको भएर घर फिर्ता हुनुभएको छ । गाउँपालिकाले दुई वटा सवारी साधन मार्फत विरामीहरुलाई अस्पताल सम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply