कोरोना भाइरसको दोस्रो रहरको चपेटामा परेको म्याग्दीमा पछिल्ला तिन दिनयता कोरोना भाइरस संक्रमितको घट्दै गएको छ । बैशाख र जेठ महिनाको पहिलो सातासम्म उकालो लागेको संक्रमतिको संख्या शुक्रबारदेखि ओरालो लागेको छ । कोरोनाको लक्षण देखिएकाहरूको पिसिआर र एन्टिजेनका लागि समेत स्वास्थ्य संस्थानमा जाने बिरामीको संख्यामा समेत कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार पछिल्लो शुक्रबार ११ जना, शनिबार १ सय ८८ र आइतबार १५ जनाका कोरोना पुष्टी भएको छ । शुक्रबार ६३ जना, १ सय ८८ र आइतबार ७२ जनाले कोरोनालाई परास्त गरेका छन्।

स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार संक्रमतिमध्ये अधिकांस जिल्लाभित्रै गरिएको एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका संक्रमति छन भने ५६ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

सदरमुकाम बेनी सहित जिल्लाका स्थानीय तहमा समेत कोरोनाको लक्षण देखिएकाका बिरामीको संख्या घट्दै जान थालेको अवस्थामा पछिल्ला दिनमा जटिल समस्या भएका बिरामीको चाप समेत बेनी अस्पतालमा घटेको जनाइएको छ ।

जनस्वास्थ्यको मापदण्डको पालना गर्न सकेमा कोरोनाबाट जोगिन सकिने भएकाले संक्रमणको दर घटेपनि जोखिम अझै कायम रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ‘अझै जोखिम टेरको छैन्,‘परीक्षणलाई थप फराकिलो बनाउनुपर्छ, सबैले सावधानी अपनाउनुहोला’ लम्सालले भन्नुभयो ।

हालसम्म कोरोना संक्रमितको संख्या १८ सय ९५जना पुगेको छ (पिसिआरबाट १४सय ४५ जना र एन्टिजेनबाट ४ सय५० ) रहेका छन् । जिल्लामा २७९ जना सक्रिय संक्रमित छन् । संक्तमतिको संख्या घटेसँगै दैनिक कोरोनायुक्त भन्दा मुक्त हुने बिरामीको संख्या उच्च छ । जिल्लाबाट पोखरा र बागलुङ पठाइएको पिसिआरको रिर्पोट भने ल्यावमा लोड भएकाले ढिलो आउने क्रम रोकिएको छैन् ।

Leave a Reply