म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमतिमा पिसिआर विधिबाट बेनी नगरपालिकामा ८ जना, मालिका गाउँपालिकामा १ जना, रघुगंगा गाउँपालिकामा १ जना र छिमेकी पर्वतको जलजला गाउँपालिकामा २जना गरी १२ जना रहेका छन् ।

एन्टिजेन विधिबाट रघुगंगा गापा ७, बेनपा २, मंगला गापा २ र जलजलाका १ गरी १२ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिनुभयो ।

सोमबार ५८ जना संक्रमित निको भएर आइसोलेसनमुक्त भएको सुबेदीको भनाई छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९ सय १९जना पुगेको छ ( पिसिआरबाट १४५७जना र एन्टिजेनबाट ४६२ )। जिल्लामा २ सय ४१ जना सक्रिय संक्रमित छन् । जिल्लामा ३२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

 

Leave a Reply