नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको केन्द्रिय उपाध्यक्ष सहित गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका सन्तोष रावल चयन हुनुभएको छ । संघको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले यूवा संघ नेपालको सचिवालय सदस्य समेत रहनुभएका रावललाई प्रदेशको जिम्मेबारी प्रदान गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर घर भई यूवा संघ नेपालको विदेश बिभाग, संघको केन्द्रिय सचिव, उपाध्यक्ष सहित महत्वपूर्ण जिम्मेबारी समेत सम्हालिसक्नुभएका रावललाई सर्वसम्मतिले चयन गरेको बताइएको छ।

गण्डकी प्रदेश संयोजक रावल प्रधानमन्त्री केपी शर्मा ओली तथा यूवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतसँग राम्रो सम्बन्ध भएको नेताको रुपमा चिनिनुहुन्छ ।

नेकपा विभाजनपछि म्याग्दीमा प्रधानमन्त्री केपी ओलीको सर्मथनमा पार्टीभित्र माहोल बनाउन रावलको भूमिका रहेको थियो ।

गण्डकी प्रदेश इन्चार्जको जिम्मेबारी पाएपछि रावलले आफ्नो जिम्मेबारी अनुसार यूवाहरुको नेतृत्व सहित सरकारले गरेका लोकप्रिय कामको यूवामार्फत प्रचारप्रसार गर्ने बताउनुभयो ।

उहाँले कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताउँदै वर्तमान सरकारले ल्याएको यूवामैत्री कार्यक्रमहरुमा धेरै यूवाहरुलाई आर्कषित गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । संघको केन्द्रिय अध्यक्षमा किरण पौडेल चयन गरेको छ । सघंका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।

Leave a Reply