---Advertisement---

देविस्थान म्याग्दी जापान समाजले विपन्न सुत्केरीलाई नगद सहित स्वास्थ्य उपकरण सहयोग

On: June 1, 2021 10:00 AM
Follow Us:

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देविस्थान म्याग्दी जापान समाजले स्वास्थ्य साम्रागी र विपन्न सुत्केरीलाई नगद सहयोग गरेको छ ।

मालिका गाउँपालिका-५, देविस्थानको स्वास्थ्य चौकीलाई ठूलो दुई थान अक्सिजन सिलिण्डर, १ थान फलोमिटर, ४ सेट पिपिई र विपन्न सुत्केरी तारा परियारलाई नगद १० हजार सहयोग वडा अध्यक्ष पिपला बुढामार्फत हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस संक्रमतिको संख्या बढ्दै जान थालेपछि वडा कार्यालयले सुरु गरेको घरदैलो अभियानसँगै अक्सिजनको अभाव भएका बिरामीको उपचारमा सघाउने गरी अक्सिजन सहितको साम्रागी सहयोग गरिएको समाजका अध्यक्ष बेग फगामी मगरले बताउनुभयो ।

उक्त सहयोग यूवा निर्माण ब्यवसायी विपिन खड्कामार्फत हस्तान्तरण गरिएको सुर्यमुखी यूवा क्लवका अध्यक्ष भक्त घर्ती मगरले जानकारी दिनुभयो । यसअगाडी समेत प्रवासमा रहेका देविस्थानबासीबाट वडास्तरमा विभिन्न सहयोग गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका सहइन्चार्ज बेगप्रसाद राना लगायतको उपस्थिती रहेको थियो ।