म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीको खिवाङस्थती खाम्लाको भिरबाट लडेर एक मजदुर गम्भीर घाईते भएका छन् । निर्माणधिन अवस्थामा रहेको राउण्ड धौलागिरी पर्यटन पदमार्गमा कार्यरत सिन्धुली मरिन गाउँपालिकाका २८ बर्षिय विजय राई घाईते भएको स्थानीय यूवा याचन शर्माले जानकारी दिए ।

भिरबाट खसेर घाईते भएका राईको मजदुर सहित स्थानीयले उद्धार गरी थप उपचारका लागि प्रभु हेलिकप्टरबाट पोखरा पठाइएको छ । घाइते शाहीको टाउँको सहित ढाड र शरीरका विभिन्नका भागमा चोट लागेको छ। धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकलाई लक्षित गरी निर्माणधिन पदमार्गमा मजदुरले जोखिम मोलेर काम गरिरहेका छन् ।

Leave a Reply