बेनी नगरपालिका-७, मंगलाघाटमा बोलेरोले ठक्कर दिँदा एक बृद्धा पैदलयात्रु ठक्कर दिएर चालक फरार भएका छन् ।

बेनीदेखि कुखुराको दाना बोकेर दरबाङ तर्फ जाँदै गरेको ग ३ च १३१३ नम्बरको बोलेरोको ठक्करबाट कमलामाई स्थानीय बृद्धा भिमकुमारी गौचन घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । घाईते गौचनको बेनी अस्पतालमा उपचार लगत्तै थप उपचारका लागि पोखरा पठाइएको छ ।

बृद्धा गौचनलाई ठक्कर दिएर चालकले बोलेर लिएर भागेको अवस्थामा प्रहरी निरिक्षक बिरेन्द्ररराज गुरूङ, ट्राफिक प्रहरी हबल्दार बैकुण्ठ पौडेल सहित स्थानीय यूवा यूवाले पार्किङ गरेर राखिएको अवस्थामा बोलेरोलाई नियन्त्रणमा लिएपनि चालक फरार भएका छन् ।

ठक्कर दिएर चालक भागेपछि यूवाहरुले प्रहरीलाई खवर गरी बोलेरोको खोजीमा लागेका थिए । चालकको खोजीकार्य भइरहेको र बृद्धालाई उपचारका लागि सवारीधनीलाई जिम्मा दिइएको प्रहरीले जनाएको छ । बोलेरो भित्र मदिरा समेत भेटिएको थियो । कोरोना भाइरस संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले लागु गरेको लकडाउन अवधिमा लुकिछिपी सवारीसाधन सञ्चालन समेत भइरहेका छन् ।

Leave a Reply