बेनी अस्पतालमा आवश्यक पर्ने खानोपनीको समस्या समाधान गर्न बोरिङ प्रबिधिबाट जमिन मुनीको पानी निकाल्ने प्रयास गरिएको छ ।

५० सैयाको अस्पतालमा आवश्यक पर्ने खानेपानीमा आत्मनिर्भर हुन अस्पताल ब्यवस्थापन समितिले गण्डकी प्रदेश सरकारको सहयोगमा भारतीय प्राविधिक सहितको टोलीमार्फत जमिन मुनीको पानी निकाल्ने प्रयासमा मंगलबार सफलता मिलेको हो ।

झण्डै ९८ मिटर तल जमिन मुनीबाट पहिलोपटक पानी निकाल्न सफल भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ५० मिटर, १ सय र १ सय ५० मिटर तल जमिन मुनी पानी रहेको विज्ञहरुको परीक्षण पछि काम सुरु गरिएको अध्यक्ष कटुवालको भनाई छ।\

‘यो महिनाको अन्तिमसम्म पानी निकाल्ने काम सकिन्छ,‘थप संरचनाहरु तयार गछौं’ अध्यक्ष कटुवालले भन्नुभयो। जमिन मुनीबाट पानी निकाल्ने कार्य सम्पन्न भएपछि तत्काल पुरानै ट्याकी र आगामी आवमा थप संरचना बनाउने अस्पतालले जनाएको छ ।

अवको तीनदशक सम्मलाई खानेपानीको अभाव हुन नदिने गरी संरचना बनाइरहेको छ । ड्रिलिङ गरेर १ सय ५० मिटर जमिन मुनी खन्दा नजिकै रहेको कालिगण्डकी नदीको सतहसम्म पुग्ने भएकाले पानी आवश्यकता भन्दा धेरै बाहिर आउने प्राविधिक पक्षको भनाई छ ।

बोरिङ खन्नका लागि २० लाखको बजेट बिनियोजन गरिएको छ । जमिन मुनीबाट आएको पानीलाई नजिकै ठूलो ट्याङकी निर्माण गरी जम्मा गरिने छ।  हाल अस्पतालभित्र रहेका ट्याङकीको क्षमता सानो भएकाले नयाँ संरचना बनाउन समेत थप बजेटको तयारी गरिएको छ ।

ट्याङ्की निर्माणको लागि गण्डकी प्रदेश सहितका सरकारी निकायलाई बजेट माग गरिने अध्यक्ष कटुवालको भनाई छ । म्याग्दीमा बोरिङ प्रबिधिको पानी निकाल्ने बेनी अस्पताल पहिलो संस्था हुने छ ।

म्याग्दीको सदरमुकाम बेनीमा प्रयोग भइरहेको खानेपानी समेत उत्तरी म्याग्दीबाट पाइपको सहायताबाट ल्याउने गरिएको अवस्थामा बेनी अस्पतालको यो प्रोजेक्ट सफल भएमा अन्य संघसंस्थालाई समेत यो प्रविधिको प्रयोगमा सहज हुने देखिएको छ।

 

Leave a Reply