म्याग्दीमा आज थप ३४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा गाउँपालिकामा १ जना , मालिका गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका ४ जना र जलजला गाउँपालिकामा ३ जना गरी २५ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९८४ जना पुगेको छ ( पिसिआरबाट १४८४जना र एन्टिजेनबाट ५०० )। जिल्लामा २५० जना सक्रिय संक्रमित हुनुहुन्छ। आज २८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। अहिले सम्ममा अब ७० वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

Leave a Reply