नयाँ भेरिएन्टसहित विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथामतथा नियन्त्रणका लागिआर्थिक सङ्कलनअभियानको थालनीभएको छ । सहर तथाबजार हुँदै ग्रामीण क्षेत्रसम्मै कोरोनाको संक्रमण पुगेपछि त्यसको रोकथामगर्न आवश्यकतयारी गरिएको हो ।

यसैक्रममाम्याग्दीको बेनीनगरपालिका–५, पुलाचौरमापुलाचौर स्वास्थ्यचौकीको संयोजनमाकोरोना नियन्त्रण गर्न संक्रमितको उपचारमाखर्च गर्नेगरी आर्थिक सङ्कलनतथाजिन्सी सामानको व्यवस्थापनगर्न लागिएको छ ।

वडास्तरमाकोरोनाभाइरसको संक्रमणदर घटाउन स्वास्थ्य चौकीको पहलमामूल समिति, आर्थिक सङ्कलन, सूचना सञ्चार तथा गतिविधि प्रचारप्रसार, अनुगमन र व्यवस्थापनउपसमितिहरु गठन भएको हो । स्वास्थ्यचौकीको पहलमागएको जेठ पहिलो साता सम्पन्न वैठकले बेनपा–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँको संयोजकुत्वमामूल समिति गठन गरेको छ ।

समितिको सदस्य सचिवमापुलाचौर स्वास्थ्यचौकीप्रमुख विष्णुमाया कुँबर, सदस्यहरुमाजनप्रतिनिधिहरु रामप्रसाद सुवेदी, तोकबहादुर कार्की, यामकुमारी पाईजा, रितादर्जी, विद्यालयको तर्फदेखि जनकल्याण माविका प्रधानाध्यापक कमल प्रसादपौडेल, स्थानीय राजनीतिक दलबाट भोजबहादुर कार्की, तेजप्रकाशबानियाँ र महिला स्वास्थ्य स्वयंसेविका सुकमाया परियार रहेका छन् ।

यसैगरी आर्थिक सङ्कलनउपसमिति संयोजकमा वडा सदस्य रामप्रसाद सुवेदी, सदस्यहरुमा वडा सचिव कृष्णबहादुर बानियाँ, जापानप्रतिनिधिप्रविनखत्री, कोरिया अर्जुन हमाल, अस्टेलिया कुशल पौडेल, बाबुराम पौडेल, अमेरिका राजेन्द्र खत्री, अमृत रामदाम, बहराईन तेजिनश्रेष्ठ, पोर्चुगल दलबहादुर कुँबर, क्रोएसियाभगवानजिसी, ईन्डिया प्रतापश्रेष्ठ, नेदरल्याण्ड प्रविनबानियाँ,फ्रान्स प्रविन सुवेदीतथागजिन्द्र श्रेष्ठ, रामप्रसादपौडेल, प्रकाशपौडेल, अर्जुन भण्डारी, खेमराजशर्मा, कपिल केसी, रेशमबानियाँर पुलाचौर समाज काठमाडौंकाप्रतिनिधिछन् ।

त्यस्तै सूचना, सञ्चार तथागतिविधिप्रचारप्रसार उपसमिति संयोजकमा स्वास्थ्यचौकीकासिनियर अनमी अमृताविक सुनार, सदस्यहरुमापत्रकारद्वयप्रतापबानियाँ, हरिकृष्ण गौतम, चिरञ्जीवी सुवेदी र कृष्ण बानियाँ रहेका छन् ।

अनुगमनतथा सहजीकरण उपसमितिसंयोजकमालक्ष्मण बानियाँ, सदस्यहरुमाविष्णुमाया कुँबर, भोजबहादुर कार्की, तेजप्रकाशबानियाँ, शिवबानियाँ, बबी केसी, अर्जुन भण्डारी, सीमा भण्डारी घिमिरे र चाहनाशर्मा रहेका छन् ।

व्यवस्थापन उपसमितिको संयोजकमागजिन्द्र श्रेष्ठ, सदस्यहरुमाबबी केसी, शिवबानियाँ, विष्णुमाया कुँबर, अमृताविक सुनार, सुवास श्रेष्ठ, भगवानश्रेष्ठ, मनकुमार श्रेष्ठ, प्रकाश सुवेदी र मिनबहादुर खत्री रहेको स्वास्थ्यचौकीप्रमुख विष्णुमाया कँुबरले जानकारी दिएकी छन् ।

स्वास्थ्यचौकीको पहलमाविपद् व्यवस्थापनकोष स्थापनागर्ने उद्देश्यसहित सुरु भएको आर्थिक सङ्कलनअभियानमार्फत हालसम्मआम्दानीतर्फ कुलएकलाख ४६ हजार आठसय ८६ रुपैयाँ सङ्कलन भैसकेको छ । त्यसमध्ये १९ हजार एकसय रुपैयाँखर्च भएको पुलाचौर स्वास्थ्यचौकीले जनाएको छ ।

त्यसैगरी अस्टेलियामा रहेकापुलाचौरवासीदाजुभाइहरुले दुईलाख ६७हजार नौसय रुपैयाँआर्थिक सङ्कलन गरी त्यसबाट दुईवटा अक्सिजन कन्सनटे«टर मेसिन, बिरामीकालागिदुईवटा बेडसहित आवश्यकस्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।

सङ्कलित रकमबाट हाल वडामा रहेका सक्रिय संक्रमित २१ जनालाई आइसोलेसन अवधिभर पुग्ने मास्क, साबुन, प्रतिव्यक्ति संक्रमितलाई १५ गोटाका दरले अण्डा वितरण गरिएको छ । अक्सिजन मापनका लागि उनीहरुलाई आवश्यकताअनुसार पछि फिर्ता गर्नेगरी पल्स अक्सिमिटर समेत उपलब्ध गराइएको स्वास्थ्यचौकीकासिनियर अनमी सुनारले बताइन् । पुलाचौरमाहालसम्म ५३ जनाकोरोनाका संक्रमितपुगेकोमा १ जनाको निधनभएको छ ।

Leave a Reply