कोरोनाको नयाँ भेरिन्टन को रोकथाम तथा नियन्त्रणका लागि सचेतना स्वरुप बेनी नगरपालिका–४, सिंगाका सामुदायिक बनका विपन्न उपभोक्तालाई स्वास्थ्य साम्रागी वितरण गरिएको छ । बेनपा–४ सुर्केमेला निवासी (हाल अमेरिका) निवासी इन्द्रबहादुर थाप, सवि थापा, चन्द्रबहादुर बुढाथोकी र मिलन बुढाथोकीले पठाएको १ लाख २६ हजारबाट वडाभित्रका ११ सामुदायिक बनमा आवद्ध विपन्न मास्क तथा हात धुने सावुन वितरण गरिएको हो ।

वडा प्रतिनिधि देव बहादुर घले मार्फत धौलागिरी मावि १० प्याकेट र बालमन्दिर आधारभुत विद्यालयलाई १० प्याकेट मास्क वितरण गरिएको चालिसे सामुदायिक बनका सदस्य खोमराज उपाध्यायले जानकारी दिनुभयो । उक्त सहयोगबाट कुल ७ सय २१ पिस सावुन र ५ सय १० प्याक मास्क उपलब्ध गराइएको थियो ।

कोरोनाको चपेटामा परेका समुदायलाई संक्रमणबाट जोगिन सहयोगदाताले सिंगा भित्रका सामुदायिक बन उपभोक्तामार्फत वितरण गरिने जनाइएको छ । यसअगाडी कोरोनाबाट जोगिन इन्द्र थापा र धर्मपत्नी सवि थापाले बेनी अस्पतालमा अक्सिजन सिलिण्डर सहितको उपकरण तथा काठमाण्डौको सडकमा भोकै मजदुरलाई भोजन तथा विभिन्न जिल्लामा समेत खाद्यान्न सहितको सहयोग समेत गर्नुभएको थियो ।

 

Leave a Reply