पर्वतको जलजला गाउँपालिका-५, गैरे गाउँका एक परिवारले आफन्तको स्मृतिमा ग्रामप्रकाश माविमा प्रवेशद्धार निर्माण गर्नुभएको छ ।

विद्यालयका पुर्व शिक्षक दलबहादुर थापाको स्मृतिमा अष्ट्रेलियामा रहनुभएका रमेश र सुनिता थापाले २ लाख १६ हजार ८ सयको लागतमा प्रवेशद्धारा निर्माण गरेको विद्यालयका अंग्रेजी शिक्षक सागर केसीले जानकारी दिनुभयो । सहयोगदाता थापाले स्वर्गीय बुबाको विद्यालयमा योगदानको स्मरण गदैं सहयोग गरेको बताउनुभयो ।

उहाँले भविस्यमा शैक्षिकस्तर सुधारमा टेवा पु¥याउन तथा शिक्षक तथा विद्यार्थीलाई हौसला प्रदान थप सहयोगको प्रतिबद्धता समेत जनाउनुभएको छ । यता विद्यालयले समेत स्वर्गिय थापाले विद्यालयमा अतुलनीय योगदान पुर्याएको बताउँदै परिवारको सदस्यबाट थप सहयोगले उत्साहित भएको र भविस्यमा समेत निरन्तर सहकार्यको प्रतिबद्धता जनाइएको छ ।

Leave a Reply