बेनी नगरपालिका-५, पुलाचौरका एक विपन्न दम्पत्ती बस्दै आएको जिर्ण घरको छानो यूवाहरूले फेरिदिएका छन्।

कोरोनाको दोस्रो भेरियन्ट लगत्तै जिल्लामा जारी लकडाउनले समस्यामा परेका विपन्नलाई खाद्यान्न साम्रागी वितरण गरिरहेको म्याग्देली यूवा आवाजको पहलमा सहयोग संकलन गरी हेमलाल दर्जी र उनकी श्रीमति बस्ने घरमा पानी चुहिने समस्यालाई मध्यनजर गरी जस्तापाताले खरको छानो विस्थापित गरिएको अगुवा सतिस श्रेष्ठले जानकारी दिनुभयो ।

‘अर्काको घरमा बस्नुहुन्छ,‘ढुंगाको छानो पनि चुहिने समस्या रहेछ,‘हामीले सहयोग जुटाएर जस्तापाताले खरको छानो हटाइदिएका छौ’ श्रेष्ठले भन्नुभयो । बस्ने घरको छानो फेरिएपछि बृद्ध होमलालले खुसी ब्यक्त गर्नुभएको थियो ।

अपाङ्ता होमलाल र श्रीमति मात्रै बस्ने घरमा दैनिक गुजारा चलाउन समस्या भएको जानकारी पाएपछि खाद्यान्न सहित पुगेको टोलीले घरको अवस्था देखेपछि सुरु गरेको अभियानमा बेनीको जय हार्डवेयरका सञ्चालक रबिन श्रेष्ठले १० थान जस्तापाता सहयोग गर्नुभएको थियो ।

म्याग्देली यूवा आवाजले कोरोनाका कारण हातमुख जोड्न समस्या भएकाको घरदैलोमै पुगेर सहयोग गर्ने गरेको छ । अति समस्यामा परेकालाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग गर्ने गरिएको छ । स्वदेश तथा विदेशमा रहेका यूवाहरुको सक्रियतामा स्थापना भएको संस्थामार्फत विपन्नको उपचार सहित खाद्यान्न साम्रागी सहयोग सहितका अभियानहरु सञ्चालन भइरहेको छ ।

 

Leave a Reply