बरंजा–भकिम्ली माईटी कुटुम्ब समाज काठमाण्डौले बेनी नगरपालिका–३ भकिम्लीको स्वास्थ्य चौकीलाई औषधी सहयोग गरेको छ ।

वडाभित्र रहेका कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सघाउने उद्देश्यले समाजले ५० हजार बराबरको औषधी वडा अध्यक्ष पदमबहादुर पुनमार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमतिको संख्या बढेसँगै संक्रमतिलाई भेटघाट सहित कोरोनाको लक्षण देखिएकालाई घरदैलोमै औाषधी सहितको स्वास्थ्य साम्रागी उपलब्ध गराउने अभियानमा साथ दिएको समाजका अध्यक्ष कमल पुनले बताउनुभयो ।

‘कोरोनाबाट जोगिन सबैको सहयोग र साथ आवश्यक पर्छ,‘सरकारी संयन्त्रबाट मात्रै सम्भव हुदैन’ समाजका अध्यक्ष पुनले भन्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष पुनले स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीको सहयोगले कोरोना नियन्त्रणको अभियानमा बल पुगेको बताउनुभयो ।

उहाँले सहयोगलाई एकद्धार बनाउने वडाको अभियानमा समेत साथ दिन अन्य सहयोगीदातालाई समेत अनुरोध गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज धिरजप्रसाद शाह, स्वयंमसेवक उपसमितिका महेन्द्र बोहोरा लगायतको उपस्थिती रहेको थियो ।

विभिन्न क्षेत्रमा सहयोग गदैं आएको बरंजा–भकिम्ली माईटी कुटुम्ब समाजले गतबर्ष काठमाण्डौमा रहेका म्याग्देलीहरू आवद्ध रहेको एक संस्थाले लकडाउनले समस्यामा परेका म्याग्दीको बरंजा र भकिम्लीका विद्यार्थी र दिर्घरोगीलाई सहयोग समेत गरेको थियो।

बिश २०६९ सालमा स्थापना भएको संस्थामार्फत भकिली, बरंजा सहित प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गदैं आइरहेको छ । समाजले बेनी नगरपालिका वडा नं ३ भकिम्ली, मंगला गापा वडा नं ३ र ४ मा बसोबास गर्नेहरु बाहेक विभिन्न क्षेत्रमा समेत सहयोग गदंैं आइरहेको छ । संस्थाले बर्षेनी दर्जनको हाराहारीमा सामाजिक कार्य गर्ने गरेको छ ।

Leave a Reply