बेनी नगरपालिका-५,पुलाचौरमा घाईते अवस्थामा भेटिएको लोपउन्मुख लाटोकोसेरा चराको उद्धार गरिएको छ। स्थानीयले घाईते अवस्थामा फेला पारेको लाटोकोसेरालाई डिभिजन बन कार्यालय म्याग्दीलाई बुभाएका थिए । बनका प्राविधिकले उपचार पछि अनुकुल हुने जंगलमा लगेर छोडेको बन रक्षक राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

‘लाटोकोसेरो घाईते अवस्थामा देखेपछि तत्कालै खवर गर्नुभएको थियो,‘हामीले उपचार पछि र्जंगलमा छोडेका छौ’ सापकोटाले भन्नुभयो । पछिल्लो समय म्याग्दीमा घाईते अवस्थामा भेटिएका बन्यजन्तु र लोपउन्मुख चराचुरुङी भेटेमा स्थानीयले डिभिजन बन कार्यालयलाई सम्पर्क गरी आवश्यक उपचार गरी प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

यसले सर्प, भ्यागुता, मलसाप्रो र बिरालो खाएर प्राकृतिक सन्तुलन कायम गर्छ। लाटोकोसेराको उपस्थितिले घरमा भूतप्रेतको बास हँुदैन भन्ने धार्मिक विश्वास समेत स्थानीयमा रहेको छ ।

लाटोकोसेराले मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकाले किसानको साथी भनिन्छ । यिनको एक परिवारले एक सिजनमा ३ हजारभन्दा बढी मुसा खाने गरेको चरा विज्ञहरुको भनाई छ ।

हिन्दु धर्मअनुसार लक्ष्मीको बाहनका रुपमा लाटोकोसेरालाई लिइन्छ। नेपालमा २२ प्रजाति लाटोकोसेरो पाइने विश्वास गरिएपनि पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत निकै कम संख्यामा देखिने गरेको छ । म्याग्दीमा बाख्लै देखिने स्थानमा समेत पछिल्लो समय संख्या घट्दै गएपनि सम्बन्धित निकायले चासो दिने गरेको पाइदैन् ।

Leave a Reply