बेनी नगरपालिकाले बेनी अस्पताललाई ६ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबसुविधाबाट खरिद गरेको कन्सन्ट्रेटर उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवि सुबेदीले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालालाई हस्तान्तरण गर्नुभएको छ ।

म्याग्दीका कोरोना संक्रमतिको उपचारका लागि नगरपालिकाले समेत आर्थिक सहयोग तथा उपकरण सहयोग गरी अस्पतालभित्र स्थापना गरिएको कोरोना कक्षमा उपचारार्थ श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिलाई लक्षित गरी उक्त सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो।

‘नगरभित्रका संक्रमितको उपचारमा कुनै कमी हुन दिएका छैनौ,‘जिल्लाबासीले पनि प्रयोग गर्न मिल्ने गरी सहयोग गरेका छौ’ सुबेदीले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष कटुवालले बेनी नगरको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहज भएको बताउनुभयो ।

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नगर स्वास्थ्य संयोजक लिला गौतम लगायतको उपस्थिती रहेको थियो ।हाल श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिले प्रयोग गरेपनि दम सहितका दिर्घरोगको उपचारमा प्रयोग गर्ने उक्त सहयोगले सहज हुने अस्पतालले जनाएको छ ।

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्।  अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्दा अस्पतालभित्र रहेको प्लानबाट सिलिण्डरमा अक्सिजन भर्न सहज हुन्छ ।

हाल अक्सिजन प्लानबाट सिधै बिरामीको बेडमा अक्सिजन जडान गरिएकाले सिलिण्डर भर्न पोखरा पठाउनुपर्ने बाध्यता अस्पताललाई रहेको छ। कोरोना संक्रमितलाई एकै किसिमका कन्सन्ट्रेटर भन्दा पनि हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत अस्पतालमा आवश्यक रहेको छ । तस्वीर सौजन्य निर्मल खत्री

Leave a Reply