कोरोना भाइरस दोस्रो लहरसँगै जारी लकडाउनका कारण समस्यामा परेका बेनी नगरपालिका-५, पुलाचौरका ७१ विपन्न परिवारलाई १ लाख ४० हजार बराबर को खाद्यान्न सहयोग गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेस पुलाचौर कार्यसमितिको अगुवाईमा वडाभित्रका विभिन्न बस्तीमा विपन्नको पहिचान गरी खाद्यान्न सहयोग हस्तान्तरण गरिएको स्थानीय नेता गंगा केसीले जानकारी दिनुभयो ।

करिब एक महिना लामो लकडाउनका कारण दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बन्दै जान थालेपछि भोकभोकै बस्नुपर्ने अवस्थाका बगुवाखोलामा २ घर, खोरगैरामा ४, भिरमुनीमा १३, पुरुंडीमा १५ घर, पुलाडाँडामा २, उपल्लोचौरमा ८ घर, नयाँ गाउँमा ८ घर, गाजनेमा १ घर , चिप्लेटीमा ९ घर र डडुवामा ९ घरलाई प्रति परिवार १ बोरा चामल, नुन, तेल, दाल, साबुन लगायात खाद्यान्न सामग्री बितरण गरिएको नेपाली कांग्रेस पुलचौर कार्यसमितिले जनाएको छ ।

वडाभित्र थप खाद्यान्न आवश्यक रहेका विपन्नलाई समेत सहयोग जुटाउने गरी अभियानमा साथ दिन नीय कांग्रेस नेता मोहन खत्रीले अपिल गर्नुभयो ।सहयोग हस्तान्तरणको क्रममा राहतका लागी उपलब्ध खाद्यान्नबाट केही परिवारलाई आधा बोरा चालम सहितको खाद्यान्न साम्रागी सहयोग गरिनुका साथै भविस्यमा समेत थप सहयोगको प्रतिबद्धता जनाइएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस बेनी नगर समितिका उपसभापति याम बानियाँ, नर ब. बिक, नबिन बानियाँ, तेज प्रकाश बानियाँ, सचिन परियार,शान्ति शर्मा,पुलाचौर तरुण दलका अध्यक्ष किसन कार्की लगायतले घर–घरमै पुगेर सहयोग हस्तान्तरण गरेको जनाइएको छ ।

खाद्यान्न सहयोग अभियानमा अमेरिकाबाट अमर भण्डारी,प्रकास भण्डारी, राजेन्द्र केसी, मणिलाल विक र जापानबाट प्रकाश खत्रीले सहयोग गर्नुभएको नेपाल तरुण दल प्रदेश क सभापति अशल केसीले जानकारी दिनुभयो । स्थानीय काँग्रेस नेता एबं यातयात ब्यबसायी हेम बहादुर खत्री ले खाद्यान्न ढुवानीमा निशुल्क सहयोग गर्नु भएको थियो।

Leave a Reply