म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ ।

विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौं स्थित माउण्ट हर्ट नेपालले गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सो स्वास्थ्य सामग्री संस्थाका अध्यक्ष डा.अवन गौतमले गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो ।

संस्थाले कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लािग गाउँपालिकालाई सात थान अक्सिजन कन्सन्टेटर,सात थान भोल्टेज रगुलेटर लगायत १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोरोना कहरमा संक्रमित बिरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले गाउँपालिका अध्यक्षको आग्रह अनुसार सो स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष डा.गौतमले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले गाउँपालिका सहित कास्की ,मनाङ र काठमाडौं लगायत विभिन्न ठाउँमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री पनि संस्थाले गर्ने बताउनुभयो ।विपदको समयमा सहयोग पु¥याउने उद्धेश्यले स्वास्थ्यकर्मीहरुले स्थापना गरेको संस्थाको स्थापना गरेको उहाँको भनाई छ ।

भुकम्प,बाढी पहिरो लगायत विपद्को समयमा संस्थाले विभिन्न ठाउँमा उद्धार ,निशुल्क उपचार र सहयोग गरेको बताउँदै अध्यक्ष डा.गौतमले कोरोना कहरको समयमा कोरोना रोकथाम तथा नियन्त्रण र कोरोना संक्रमित विरामीको उपचारमा सहयोग पु¥याउँदै आएको संस्थाका अध्यक्ष डा.गौतमले बताउनुभयो

गाउँपालिका अध्यक्षले आफ्नो आग्रहलाई मानेर कोरोना कहरको समयमा संक्रमित बिरामीको उपचार गर्नका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेर संस्थाले ठुलो योगदान पु¥याएको बताउनुभयो । उहाँले सहयोगप्रति संस्थालाई धन्यवाद व्यक्त गर्दै आवश्यकताको आधारमा स्वास्थ्य सामग्री प्रयोग गरिने बताउनुभयो । सो स्वास्थ्य सामाग्री गाउँपालिकाले संचालन गरेको अस्थायी कोरोना अस्पतालमा संक्रमित विरामीको उपचारका लागि प्रयोग गर्ने बताउनुभयो ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहर रोकथाम, नियन्त्रण र संक्रमित विरामीको उपचारमा संस्थाले पु¥याएको योगदान महत्वपुर्ण छ ,’–अध्यक्ष रोका मगरले भन्नुभयो । ‘ प्रयाप्त जनशत्ती र स्वास्थ्य सामग्री उपलब्ध नहुँदा कोरोना कारण ठुलो मानविय क्षती भएको छ ।यो बिषम परिस्थितीमा नागरिक स्तरबाट पनि सहयोगको आवश्यक छ ।’

प्रयाप्त स्वास्थ्य सामग्री नहुँदा कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारमा सरकारलाई चुनौती थपिएको अध्यक्ष रोका मगरको भनाई छ । गाउँपालिकाले कोरोना रोकथाम ,नियन्त्रण तथा बिरामीको उपचारका लागि आइसोलेसन र अस्थायी कोरोना अस्पताल संचालन ,समुदाय स्तरमा थप कोरोना फैलिन नदिन स्वाब संकलन गरि परिक्षणको दायरा बढाएको गाउँपालिका अध्यक्ष रोका मगरको भनाई थियो ।

हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष खरमाया विटालु ,संस्थाका बिजय पौडेल ,प्रदिप अधिकारी ,प्रन्जल शर्मा र समाजसेवी पृजेन भट्टचन, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई समितिका अध्यक्ष लेक बहादुर पुन,जनप्रिय माविका प्रअ दिवाकर सुवेदी ,समाजसेवी हिरा पुन,खिम पुन, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख लगायत स्थानीयको उपस्थिती रहेको थियो । पत्रकार साधन राम्जालीको सहयोगमा

Leave a Reply