बेनी नगरपालिका-९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाण्डौमा उपचारार्थ केसीको शुक्रबार निधन भएको हो । ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

होम आइसोलेसमा बस्नुभएका केसीको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। श्वासप्रस्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा अस्पतालले मृत घोषित गरेको थियो । स्वर्गिय केसीको शनिबार दिउँसो स्वास्थ्यको प्रोटेकलको प्रयोग गरी गलेश्वरस्थित कालिगण्डकी नदीमा अन्तेष्टी गरिने छ ।

म्याग्दी जिल्लाको एक पुरानो राजनीतिज्ञ तथा धेरै सामाजिक संघसंस्थामा कार्यरत केसीले गलेश्वर मन्दिरको नेतृत्व गरेपछि मन्दिरमा भौतिक संरचना थपिनुका साथै ब्यवस्थित भएको थियो । केसीको निधनले राजनीतिक, सामाजिक तथा धार्मिक क्षेत्रमा अपुरणीय क्षती पुगेको घतानका यूवा चक्रबहादुर केसीलेले बताउनुभयो।

Leave a Reply