म्याग्दीमा शनिबार २५ जना नयाँ कोरोना संक्रमति थपिदाँ ५२ जनाले कोरोनालाई जितेका छन् । जिल्लाभर संक्रमतिको तुलनामा दोब्बर बढी आइसोलेसन मुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट कोरोनाको लक्षण देखिएकाहरुको परीक्षणलाई समेत बढाउने गरी थप योजना बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

म्याग्दीमा शुक्रबारसम्म संक्रिय संक्रमतिको संख्या २ सय ६२ रहेका छन भने अस्पतालमा सामान्य उपचारमा २२ जना रहेको जनाइएको छ ।

Leave a Reply