आमाले दोस्रो विवाह र बुबा बेपत्ता भएपछि म्याग्दीका एक किशोर बिचल्लीमा परेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका-२, भगवतीमास्थीत ठाटीथरका अभिषेक परियारलाई बस्ने बास र खाने गाँसको नभएपछि भोकै बस्ने गरेका छन् । आमा र बुबाले दोस्रो विवाह गरी अन्यत्रै गएपछि सहाराविहीन बनेका परियारले पढाई छोडेर मजदुरी गर्ने गरेपनि लकडाउनले समस्या भएको दुखेसो गरे । ‘आमाबुबाको मायाँ नै पाइन्,‘उहाँहरुले आफ्नै संसारमा रमाउँदा मेरो बिचल्ली भयो’ परियारले भने । उनले पुरानो घर भत्किएपछि ठूलो बुबाको घरमा बस्दै आएपनि समस्या नै समस्याले सताउने गरेको बताए । ‘शिक्षादीक्षा भन्दा बढी गाँसबासकै समस्या भएको छ,‘ खाने अन्न, लगाउने कपडासमेत छैन’ परियारले भने । उनले गाउँघरमा ज्याला मजदुरी गरेर पैसा कमाउन पाएपनि ज्यान पाल्न सक्ने बताए । लगडाउनको समयमा काम नपाउदाँ खाद्यान्न अभावले भोकै रहेको जानकारी पाएपछि भगवतीमा ब्यवसाय गदैं आएका अमित केसीले सामाजिक सञ्जालमा हालेपछि दक्षिण कोरियामा रहेका साझापानीका सपन भण्डारी र अष्टेलियामा रहेका रुईसेटोलका युवा गकुल भण्डारीले ५ हजारको दरले सहयोग गरेका छन् ।प्राप्त सहयोगबाट ५ हजारको खाद्यान्न र ५ हजार नगद परियारलाई लक्ष्मण मल्ल सहितको उपस्थिीतिमा हस्तान्तरण गरिएको सामाजिक कार्यमा सक्रिय मञ्जु भण्डारीले जानकारी दिईन् । सहयोग प्राप्त गरेपछि परियारले उक्त सहयोगले पढाईमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आर्थिक अभावले भूमरीमा परेपनि परियार मुक्तिधाम माबि कक्षा ८ मा अध्ययनरत छन् । स्थानीय यूवाले भत्केको बासलाई मर्मत, खाद्यान्न र पढ्नको लागि आर्थिक सहयोगका लागि सबै राखुबासी स्वदेश तथा विदेशमा रहेका उन्ले आग्रह गरेका छन् ।

Leave a Reply