पर्वत जिल्लामा झण्डै सवै वस्तीहरुमा सडक पुगेको छ । सदरमुकाम देखि उत्तर र दक्षिणी क्षेत्रका सवै वडाहरुमा मुख्य सडकले छोएको छ । कच्चि सडक खनिएको लामो समय भइसक्दा पनि सडकको अवस्थामा भने जिर्ण अवस्थामा छन । अधिकांश सडकहरुमा बर्षातको समय सवारी साधन चल्न नसक्ने अवस्था थियो । त्यहि कुरालाई मध्यनजर गर्दै पछिल्लो संघ, प्रदेश र स्थानइि तहको निर्वाचनमा सवै उमेदवारले सडकलाई पहिलो प्राथमिकतामा राखेका थिए ।

यतिबेला पर्वत जिल्लाका १७ वटा सडक खण्डहरु कालोपत्रेको चरणमा छन । ति सडकहरुमा कालोपत्रेको काम शुरु भईसकेको छ । केहि सडकहरु बहुबर्षिय ठेक्का मार्फत कालोपत्रेको चरणमा छन भने केहि सडकहरु बार्षिक कार्यतालिकामा छन ।

जिल्लाको सवै भन्दा पुरानो सडक दोविल्ला देखि फलेवाससम्मको सडक यहि बर्ष नै पुरा हुँदैछ । यो सडकको केहि खण्ड यस अघि नै कालोपत्रे थियो । दोविल्ला देखि साइकलचोक हुँदै मल्याङदी खोलासम्म सडक कालोपत्रे भए पनि बाँकी खण्ड साइकलचोक देखि फलेवास ढिकसम्मको काम बाँकी थियो । त्यो खण्डमा अहिले प्रदेश सरकार मार्फत सडक कालोपत्रेको काम भईरहेको छ ।

उता, गण्डकी प्रदेश सरकारले रणनैतिक सडकको रुपमा मिलनचोक–सल्यान–घाहाखेत–धाइरिङ धारापानी–ढोटनरी सडक तथा चिसापानी–हुवास–वहाकी सडक पनि कालोपत्रे गर्दैछ । दुवै सडकमा ठेक्का आब्हान भई काम शुरु भइसकेको छ । चिसापानी हुवास सडक खण्डमा भने कालोपेत्र विच्छाउने काम शुरु भइसकेको छ । यसै सडकको बर्राचौर खहरे खोला देखि रानीपानी बहाकी सडक पनि संघीय सरकार मार्फत कालोपत्रेको चरणमा छ । केहि दुरीमा कालोपत्रे बिच्छाउने कार्य यो खण्डमा सकिएको छ भने बाँकी काम निरन्तर हुने भएको छ ।

ग्रामीण सडक सञ्जाल आयोजना (आरसिआइपि) कार्यक्रम अन्तर्गत जिल्लाका २ सडक, ३ खण्डमा कालोपत्रे हुँदैछन् । कुश्मा देखि हुवास जोड्ने मु्ख्य सडकको लमायखोला–लुंखु खण्ड तथा हुवास–लुंखु सडकको काम उक्त कार्यक्रमले कालोपत्रे गर्दैछ । दुवै सडकमा काम भईरहेको छ । यसैगरी सोहि कार्यक्रमले अर्मादी–खुर्कोट–बनौ सडकमा पनि कालोपत्रे गर्दैछ । आयोजना अन्तर्गतको काम भने मन्द गतिमा अघि बढेको छ ।

भुकम्पले क्षतिग्रस्त सडकमा सिफारिस भएका जिल्लाका एउटा सडक कालोपत्रे हुँदैछन । पातिचौर–देउपुर–लप्सीबोट भुक सडकको काम रप्तारमा छ । केहि समयमै उक्त सडकको काम सकिदैछ ।

संघले काम गरीरहेका तर पछिल्लो समय संघको कार्यालयबाट प्रदेशमा हस्तान्तरण भएका सडकहरुमा डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडकमा पनि कालोपत्रेको काम भईरहेको छ । चालु बर्ष भित्र नै यी सडकहरुको कालोपत्रेको काम सकिनेछ । डिमुवा तिलाहार सडक खण्डमा अहिले कालोपत्रे विच्छाउने काम भइरहेको छ ।

यसंैगरी संघले रणनैतिक सडकको रुपमा राखेका कुश्मा–दुर्लुङ–क्याङ सडक र साइकल चोक–गहतेपोखरा–ठुलिपोखरी सडकमा पनि बार्षिक कार्यक्रम अनुसार सडक कालोपत्रेको काम अघि बढेको छ । कुश्मा दुर्लुङ सडक खण्डमा अहिले कालोपत्रे विच्छाउने काम भइरहेको छ । चालु बर्षमा उक्त सडकको काम पुरा हुँदैछ ।

प्रदेश सरकार मार्फत नै सिल्मी–ठुलिपोखरी–खौला सडक, पातिचौर–बाजुङ–क्याङ सडक, लमायखोला–लिमिठाना–ठानामौला–भंगरा–थापाठाना सडकमा पनि बार्षिक कार्यक्रम अनुसार कालोपत्रेको चरण अघि बढेकाछन ।
जिल्लाको सदरमुकाम कुश्मा बजार भित्रको सडक पनि अहिले कालोपत्रे भइरहेको छ । केहि भाग प्रदेश सरकार र मुख्य बजार क्षेत्रको भाग संघीय सरकारले कालोपत्रे गर्दैछ । बजार क्षेत्रमा प्रदेश सरकारको काम सकिएको छ भने संघीय सरकारले सहरी विकास कार्यक्रम अन्तर्गतको काम भइरहेको छ ।

उता, कालीगण्डकी लोकमार्ग अन्तर्गतको शालीग्राम–रानीपानी सडक पनि कालोपत्रेको लागि अघि बढेको छ । यो सडक पनि बहुबर्षिय ठेक्का मार्फत कालोपत्रे हुँदैछ । कालोपत्रे निर्माणको लागि सडक खण्डमा काम अघि बढिसकेको छ ।

जिल्लाको पुरानो बजार क्षेत्र कार्किनेटालाई केन्द्र मानेर काकिनेटा देखि पोखरा जाने सडकको स्याङजा सम्मको खण्डको कालोपत्रेको काम अघि भइरहेको छ । सोहि सडकको कार्किनेटा थापाठाना शंकरपोखरी देखि खानीगाउँसम्मको सडकलाई पनि कालोपत्रे गर्ने गरी चक्काबन्दीको काम भइसकेको छ ।

उता, प्रदेश सरकारसंग साझेदारी गर्ने गरी महाशिला गाउँपालिकाले पाखापानी मलकवाङ–जोरकाफल–लुंखु सडक पनि कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरीसकेको छ ।

निर्वाचनको बेलामा उत्तर देखि दक्षिणसम्म साइकलमा चढेर घुम्न मिल्ने सडक बनाउने संघीय सांसद पदम गिरीले संघ र प्रदेशको समन्वयमा जिल्लाले कायापलट हुने गरी सडक सञ्जालमा इतिहास कायम गर्ने दावी गर्छन् । सवै मुख्य सडक कालोपत्रे गराउने आफ्नो प्रतिबद्धतालाई मुर्त रुप दिनका लागि आफू दिन रात लागि परेको उनको भनाई छ । प्रदेश र संघका जनप्रतिनिधिहरु समेतले यो कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरीरहेको उनले जानकारी दिए ।

अहिले जिल्लामा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, संघीय सरकारको सडक डिभिजन कार्यालय, ग्रामीण सडक सञ्जाल आयोजना, भुकम्प पुर्ननिर्माण कार्यालय तथा सहरी विकास कार्यालयले मार्फत जिल्लामा सडक सञ्जाल विस्तार, स्तरोउन्नतीको काम भइरहेको छ । News Source: parbatnews.com

Leave a Reply