---Advertisement---

मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएकी महिलालाई आर्थिक अभाव

On: June 5, 2021 10:27 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका-५, देविस्थानकी सविना सिउथानीको उपचारमा आर्थिक अभाव देखिएको छ। मस्तिष्कमा रगत जमेपछि पोखराको फेवासिटी हस्पिटलमा शल्यक्रिया गरिएपनि नशामा समस्या देखिएपछि थप उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरेका छन् ।

टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निन्द्रा लागिरहने जस्ता समस्या देखिएपछि उपचारको क्रममा टाउकोमा रगत जमेको देखिएपछि शल्यक्रिया गरिएकोमा थप आर्थिक अभावले उपचारमा समस्या भएको सुर्यमुखी यूवा क्लवका सदस्य दिप मगरले जानकारी दिए ।

‘शल्यक्रिया गरिएपनि नशा खुम्चिएको छ, थप उपचारका लागि आवश्यक पैसा नभएपछि अभियान सञ्चालन भइरहेको छ’ उनले भने।

शल्यक्रियापछि नियमित औषधी लगायत अस्पतालमा लाग्ने खर्च जुटाउन नसकेपछि वडा कार्यालयको अनुरोधमा क्लवले अभियान सञ्चालन गरिरहेको छ । हस्पिटलको खर्च, औषधि, खान–बस्नको समस्या रहेको पीडित परिवारको भनाई छ । यसैबीच बिरामीलाई स्वदेश तथा विदेशमा रहेका देविस्थानबासीले सहयोग सुरु गरेका छन् ।