स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीको बेनी नगरपालिका वडा नं ६ जमुनाखर्कका कृष्ण सुबेदी चयन भएका छन् । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकलेसुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचाीहरुको भर्चुअल बैठकमा सहभागीता रहेको थियो । समितिको सदस्यसचिवमा अजय सुवेदी चयन भएका छन । त्यस्तै सदस्यहरुमा शिव श्रेष्ठ, दीपकराज त्रिपाठी, सुर्जन तिवारी, चित्रबहादुर पौडेल, विनोद सुवेदी, गीता पाठक, उत्तम पौडेल र पिताम्वर सुवेदीलाई चयन गरेको छ ।

म्याग्दी, पर्वत, तनहुँ र मुस्ताङबाट मनोनित गर्न बाँकी रहेको र पछि मनोनित गरिने संयोजक सुवेदीले बताए। संयोजक सुवेदी हाल पोखरा महानगरपालिकामा अधिकृतका रुपमा कार्यरत छन् भने यसअगाडी म्याग्दीको बेनी नगरपालिका, धवलागिरी गाउँपालिकामा समेत काम गरेको अनुभव छ ।

समितिले स्थानीय तहका कर्मचारीहरुको साझा संस्थाको रुपमा रहेकाले हरेक प्रकारको समस्या समाधान सहित उनीहरुको सेवा सुविधा, बृत्ति विकास, कार्य क्षेत्रमा खटिदा आइपर्ने समस्या समाधान लगायतका विषयमा पैरवी गर्ने संयोजक सुबेदीको भनाई छ ।

‘हामीले आफ्नो सेवासुविधा मात्रै थप्न नभई हरेक प्रकारका समस्या समाधान तथा सेवाग्राहीमैत्री हुन आवश्यक सहजीकरणमा समेत विषेश ध्यान दिन्छौ’ सुबेदीले भने । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेशको स्थापना भएपछि कर्मचारीको कार्यक्षमता सहित विभिन्न पेशागत गतिविधिले समेत तिब्रता पाउने अपेक्षा गरिएको छ ।

Leave a Reply