म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–धारापानी खण्ड स्तरोन्नतिलाई तिब्रता दिन मंगलबारदेखि दिउँसो १ घण्टा मात्रै सडक खुल्ने भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले सडक स्तरोन्नति भइरहेको सडकखण्ड अन्तरगत सबैभन्दा जोखिम दाङखोलाको भिरमा सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा जोखिम हुने भएकाले मंगलबार विहान ११ः३० देखि १२ः३० सम्म सडक खुल्ने गरी निर्माणकार्यलाई तिब्रता दिएको निर्माण ब्यवसायी बिमल गोतामेले जानकारी दिए ।

बिरामी बोकेको एम्बुलेन्स सहित आपतकालिन अवस्था बाहेक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको समय अवधिमा १ घण्टा आवत–जावतका लागि सडक सञ्चालन गर्ने, बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सडक खुल्ला रहने छ ।

सडकखण्डमा निर्माण साम्रागीको प्रयोग भइरहेको अवस्थामा पैदलयात्रीलाई समेत जोखिम भएकाले बैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

दाङखोला र बादीकाको उकालोमा भिर र पहाडमा खनिएको सडक उकालो र साघँुरो भएकाले सडक बन्द नगरी काम गर्दा मानवीय क्षतीको सम्भावना उच्च भएकाले धारापानीसम्मको जोखिम भागमा काम नसकिदाँसम्म सडक बन्दको कार्यतालिका हाललाई यथावत राखिएको छ ।

धुलीखेल–ब्राइट–कुवर जेभीसंग १४ करोड ३८ लाख ६७ हजार १७६ रुपैया ८८ पैसामा ठेक्का सम्झौता गरेको हो । दुई वर्षभित्र सडक स्तरोन्नति सम्पन्न गर्ने सम्झौता गरिएको छ । सडक स्तरोन्नति भएमा धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दाका साथै ढोरपाटन जाने आउने पर्यटकलाई समेत सुबिधा पुग्ने अपेक्षा गरिएको छ ।

 

Leave a Reply